१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष बीच छलफल

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष बीच छलफल
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएपछि अहिले संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । 

छलफलका लागि प्रधानमन्त्री देउवा ओलीको कार्यकक्षमा पुग्नुभएको बताइएको छ । छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका सुवास नेम्वाङ सहभागी हुनुहुन्छ ।

सदनको आजको कार्यसूचीमा एमसीसीमाथि छलफल गर्ने कार्यक्रम थियो । तर प्रधानमन्त्री देउवाकै आग्रहमा आजको बैठक स्थगित गरिएको हो । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र  नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेको साथ खोज्नुभएको छ । 

यसअघि उहाँहरुबीच अध्यक्ष ओली निवास बालकोट र प्रधानमन्त्री निवास बालुवाटारमा दुई पटक एमसीसी पारित गर्ने सम्बन्धमा छलफल भइसकेको छ ।