१८ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीज र बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी नर्भिकद्वारा आकर्षक प्याकेजको घोषणा



अ+ अ-

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान चाँड तीज र हिन्दूहरुको अर्को महान पर्व ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ । 
नर्भिकले तीज पर्वको अवसरमा निकै सस्तो दरमा हेल्थ प्याकेज घोषणा गरेको हो । 

भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तिज प्याकेजअन्तर्गत एउटा बेसिक प्याकेज छ भने अरु दुईवटा ब्रेस्टको यूएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज छ । बेसिक प्याकेज लिँदा अरु बेलाको रेट रु. ८ हजार रहेकोमा तिजको अवसरमा रु.६ हजार ६ सय ६६ कायम गरिएको छ । 

यस्तै, ब्रेस्टको यूएसजीसहितको प्याकेजको मूल्य अरुबेला रु. १० हजार पर्नेमा तिजमा छुट गरी रु.७ हजार ७ सय ७७ कायम गरिएको छ । यसैगरी, मेमोग्रामसहितको बेसिक प्याकेजको अरुबेलाको मूल्य रु. १३४०० रहेकोमा तिजको अफर अन्तर्गत रु. ९९९९ तोकिएको छ । यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ । 

यस्तै, नर्भिकले बुबाको मुख हेर्ने दिनको अवसरमा निकै सस्तो दरको प्याकेज घोषणा गरेको छ । अरु बेला रु. ८६५० पर्ने प्याकेजलाई रु. ६५०० मै उपलब्ध गराउने घोषणा गरिएको हो । यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहनेछ । 

यी दुवै प्याकेज लिनलाई नर्भिकको ल्याण्डलाइन नम्बर ०१–५९७००३२ तथा ९८४११८१२८१ मा सम्पर्क गर्न सकिने बताइएको छ ।