१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

स्वतन्त्र राजनीतिक शक्ति नेपालले संयुक्त चुनाव चिन्ह लिने, साउन २८ गते घोषणा

स्वतन्त्र राजनीतिक शक्ति नेपालले संयुक्त चुनाव चिन्ह लिने, साउन २८ गते घोषणा
अ अ+ अ-

काठमाडौं। विभिन्न ६ दल आवद्ध स्वतन्त्र राजनीतिक शक्ति, नेपालले आगामी साउन २८ गते संयुक्त चुनाव चिन्ह घोषणा गर्ने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मंसिरमा हुने चुनावको लागि संयुक्त चुनाव चिन्हको शनिबार राष्ट्रिय सभागृहमा घोषणा गरिने जानकारी दिइएको हो ।

नवगठिन स्वतन्त्र राजनीतिक शक्ति, नेपालमा नेपाल सुशासन पार्टी, सचेत नेपाली पार्टी, नेपाल आमा पार्टी, उन्नत लोकतन्त्र पार्टी, नौलो जनवादी पार्टी आबद्ध छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले स्थानीय तह वा प्रदेश जहाँ गएपनि जनतामा व्यापक असन्तृष्टि बढेको बताए । सोझा नेपालीहरु कान थुनेर बस्न बाध्य भएको उनले टिप्पणी गरे । देशमा परिवर्तनको आवश्यकता रहेको उनको भनाई थियो । खरेलले जनताले ३२÷३३ वर्ष ठुला पार्टीलाई टेस्ट गरेको भन्दै अब जनता बेकुफ नभएको समेत दाबी गरे । उनले भने,‘अबका नागरिकहरुले सही र गतल छुट्टाउने बेला आएको छ, हामीसँग आरोप प्रत्यारोप गर्ने समय छैन् ।’ उनले देशको परिवर्तन गर्न चाहनेहरुलाई शनिबार सभागृहमा उपस्थित हुन आग्रह गरे ।

नेपाल आमा पार्टीका अध्यक्ष रोमलाल गिरीले देशको अवस्था नाजुक भएको भन्दै अब साना–साना शक्तिहरुले बचाउन् पर्ने बेला आएको बताएका हुन् । देशका सबै नागरिकहरु स्वतन्त्र भएर देशलाई जोगाउनुपर्ने बताए ।

साना दलहरु एक भएर देशलाई सम्पन्न बनाउने र नमुना राष्ट्रको रुपमा चिनाउन खोजेको उनले जिकिर गरे । उनले भने,‘वृद्धिजिवी, वैचारिक व्यक्तिहरुबीच सल्लाह भएर देश बचाउनको लागि एक हुने निर्णय गरेका छौं । नेपाल आमाको छातीमा धेरैले बुट हानेको भन्दै नेपाली नागरिकहरु उठेर एक मुठ्ठा भएर बुछ हाल्नेलाई फाल्न पर्ने उनको भनाई थियो ।
देशलाई माया गर्नेहरु, सबै देशभक्त नागरिकहरु अब एक ठाउँमा आउने बेला भएको भन्दै एक हुन सबैलाई आग्रह गरे । गिरीले एउटै घोषणापत्र, एउटै च्ुनाव चिन्ह एउटै विचार बोकेर आगामी चुनावमा जाने पनि स्पष्ट पारे।

त्यस्तै, स्वतन्त्र अभियान अटेरी समुहका नेता हरी कार्कीले स्वतन्त्र उम्मेदवारहरुलाई भुसको आगोको संज्ञा दिँदै त्यो भुसको आगो बाहिर नदेखिने तर त्यसको प्रभाव धेरै पर्ने बताए । उनले भने,‘भित्र भित्र सल्किएको आगोले गएको स्थानीय तहको चुनावमा ३ सय बढी स्वतन्त्र उम्मेदवारहरु विजयी हुनुभयो ।’

उनले देश बनाउन लागि परेका वैकल्पिक शक्तिसँग आफुहरु सहकार्य तयार रहेको बताए । एक्लाएक्लै नभई देशभक्त शक्तिहरु एकै ठाउँमा बसेर देशलाई सुधार र विकास गर्न सकिने उनको भनाई थियो ।

यसैगरी, नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले हाम्रो देश नेपाललाई नेपाली आफैले बनाउन सक्ने बताए । विदेशीले बनाउनु पर्ने आवश्यकता नरहेको उनले स्पष्ट पारे । उनले भने,‘हामी खान र लाउन मात्र जन्मिएको होइनौ, जन्मदिने आमा र जन्माउने देशप्रति माया गर्नुपर्छ ।’

त्यस्तै, सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले देशको अवस्था परिवर्तन गर्न सबै साना शक्तिहरु जाग्न पर्नेमा जोड दिए । उनले ठुला शक्तिहरुलाई पाखा लगाउन सबै साना शक्तिहरु एकजुट हुनुको विकल्प नरहेको पनि बताए । प्रसाईले देशमा परिवर्तन ल्याउनकै लागि आफुले पार्टी समेत छाडेको दाबी गरे । सबैले आफ्नो पार्टी छाडेर स्वतन्त्र राजनीतिक शक्ति, नेपाल निर्माण गरेको जानकारी दिए ।

उनले स्वतन्त्र राजनीतिक शक्ति, नेपालले देशको राष्ट्रिय झण्डा बोकेर जनतामाझ जाने र देश नबनाउने दलहरुलाई पाखा लगाउने पनि जिकिर गरे । उनले भने,‘आगामी चुनावमा २१ लाख २२ हजार मत ल्याएर समानुपातिक भोट ल्याएर दोस्रो ठ्लो दल बन्छौ । यसबारेमा हामीले सर्वेक्षण गरिसकेका छौ ।’

उनले ठुला दलहरु भाले जुधाईमा लागेको भन्दै तिनलाई आफुहरुको पार्टीले हराउने बताए । उनले भने, ‘हामी मिलेर गयौ भने देशको ठुलो पार्टी बन्नेछ , स्वतन्त्र राजनीतिक शक्ति हो, यो चिल हो । यीनीहरुलाइै थुत्ने  चिल हो, चिल बन्नका लागि हामी प्रयास गरिरहेका छौं ।’ चुनाव चिन्ह बारे शनिबार घोषणा गरिने उनले जानकारी दिए । सबैले अंहकार छाडेर मिल्नुको विकल्प नरहेको भन्दै उनले साना–साना पार्टीहरुलाई अहंकार नगर्न पनि आग्रह गरे । नयाँ लुगा लगाउन पुरानो वस्त्र छाड्नै पर्ने उनको भनाई थियो । उनले भने रवि लामिछानेको पार्टीमा केन्द्रीय सदस्य भएर बस्न चाहेको समेत स्पष्ट पारे । लामिछानेको एक्लो प्रयासले मात्र सफलता नपाउने भन्दै आफूहरुसँग मिल्नु आग्रह गरे ।

त्यस्तै, प्राकृतिक पार्टीको अध्यक्ष भगवती पौडेलले नेपालीहरु जताततैबाट असुरक्षित भएको बताइन् । उनले भनिन्,‘देशमा न धर्म बचाउन सकियो, न त राष्ट्रियता बचाउन ।’

उनले अन्यायको विरुद्ध लड् आफुले पार्टीको स्थापना गरेको बताइन् । स्वतन्त्र उम्मेदवारी दिनेहरुलाई मत दिएर सहयोग गर्न सारा नेपालीलाई आग्रह गरिन् ।