२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १९.०६ अंकले गिरावट



अ+ अ-

पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ ।

बिहीवार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ ।

बिहीवार कोरोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बुधवार १ अर्ब ९३ करोड बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेकका १२ वटा उपसमूको परिसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २.३८ प्रतिशतले घटेको छ । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

नेप्से ओरालो लागेपनि विहीवार दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता युनिलिभर नेपालको शेयरमूल्य ८.२३ प्रतिशत घटेको छ ।

त्यस्तै, बुद्धभूमि हाइड्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि शेयर मूल्यमा गिरावट आएको छ । शिवम सिमेन्ट्को विहीवार ७ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।




भर्खरै