२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा पुनः आन्दोलनको घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् ।

पेट्रोलियम ढुवानी महासंघले गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको थियो । तर गत साउन १५ गते निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि त्यसको पालना नभएकाले घोषित आन्दोलन फिर्ता लिएर महासंघले पुनः आन्दोलन घोषणा गरेको हो ।

महासंघले एक विज्ञप्ति जारी गर्दै आगामी भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए भदौ २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने जनाएको छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरेको छ ।

गत वर्षदेखि नै बढेको इन्धनको मूल्यअनुसार ढुवानी नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु आन्दोलित छन् । निगमले गत वर्ष नै भाडा बढाउनेबारे विज्ञ समूहमार्फत अध्ययन गराएको थियो । यद्यपि व्यापार निश्चित भएको क्षेत्रमा अधिक भाडादर समिमितले निर्धारण गरेपछि तत्कालीन निगम नेतृत्व भाडा समायोजन गरेको थिएन ।