५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा पुनः आन्दोलनको घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले सहमति पालना नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् ।

पेट्रोलियम ढुवानी महासंघले गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको थियो । तर गत साउन १५ गते निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि त्यसको पालना नभएकाले घोषित आन्दोलन फिर्ता लिएर महासंघले पुनः आन्दोलन घोषणा गरेको हो ।

महासंघले एक विज्ञप्ति जारी गर्दै आगामी भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए भदौ २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने जनाएको छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरेको छ ।

गत वर्षदेखि नै बढेको इन्धनको मूल्यअनुसार ढुवानी नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु आन्दोलित छन् । निगमले गत वर्ष नै भाडा बढाउनेबारे विज्ञ समूहमार्फत अध्ययन गराएको थियो । यद्यपि व्यापार निश्चित भएको क्षेत्रमा अधिक भाडादर समिमितले निर्धारण गरेपछि तत्कालीन निगम नेतृत्व भाडा समायोजन गरेको थिएन ।