२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन कार्यदलको बैठक बस्दै



file Photo
अ+ अ-

काठमाडौं । आज गठबन्धन कार्यदलको बैठक बस्दैछ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्तारुढ गठबन्धनले निर्माण गरेको कार्यदलको दोश्रो बैठक आज बस्ने भएको हो ।

कार्यदलको दोश्रो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो २ बजे बस्ने तय भएको छ ।

नेपाली कांग्रेसका कार्यदल प्रमुख कृष्णप्रसाद सिटौलाको नेतृत्वमा बस्न लागेको बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन पार्टीलाई कति सिट दिने भन्ने बारेमा छलफल गर्नेछ ।

कार्यदलमा नेपाली कांग्रेसबाट ३, नेकपा (माओवादी केन्द्र)बाट २, नेकपा (एकीकृत समाजवादी) बाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहेका छन् ।