२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय टोली नेपाल आईपुग्यो



अ+ अ-

काठमाडौं । आयोजक नेपालसँग दुई मैत्रिपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आईपुगेको छ । 

भारतीय राष्ट्रिय टोली नेपाली फुटबल टिमसँग मैत्रिपूर्ण खेल खेल्नका लागि आज नेपाल आईपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरे । विमानस्थल ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रिले नेपालसँगको मैत्रिपूर्ण खेल साफ तयारीका लागि महत्वपूर्ण हुने बताए । दुई सातमात्र अभ्यास गरेर टोली नेपाली टोलीसँगको मैत्रिपूर्ण खेल्न नेपाल आएको बताए ।

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले गत शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको थियो । सोही टोली नेपाल आएको हो । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा गरेका थिए । कठिन परिस्थितिमा पनि निमन्त्रणा स्विकार गरेर नेपाल आएको टोलीले नेपाल बलियो प्रतिद्वन्द्वी भएको प्रतिक्रिया दिए ।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दै छ । बन्द रंगशालामा आयोजना हुने प्रतियोगितालाई नेपालले साफ तयारीको रुपमा हेरेको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ । सोही प्रतियोगिताका लागि नेपाली टिम पोखरामा बन्द प्रशिक्षणमा रहेको थियो र भारतसँगको दुई मैत्रिपूर्ण खेलपछि नेपाल थप अभ्यासका लागि कतार जाने तालिका रहेको छ । नेपालले छिमेकी देश भारतसँग सन २०१८ को विश्वकप छनोट अन्तर्गत भएको खेलमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेल गोल रहित बराबरीमा सकिएको थियो ।