२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन बार के काम गर्दा हुन्छ फाइदा ?



अ+ अ-

काठमाडौं । तपाई कुनै काम गर्दै हुनुन्छ भने वार र राशी अनुसार काम गर्दा तपाईलाई फाइदा मिल्छ । हिन्दुधर्म शास्त्रका विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान गरेको छ । जस अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवातल लगायतका विषय रहेका छन् ।

तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा हुनेछ फाइदा  

आइतबार : आइतबार राज्याभिषेक गर्ने , गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, गाइगोरु, किन९बेच गर्ने , हवन गर्ने, मन्त्र–उपदेश गर्ने, औसधि निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनि, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार उपयुक्त हुन्छ ।

सोमबार : यज्ञ गर्नु गराउनु, गाइ, भैसी, घोडा, फूल, घास, वृक्ष्य, मोति, चादी आदिको किनबेच गर्नु, स्त्रीको संगत गर्नु उपयुक्त हुन्छ ,

मंगलबार : यसबारमा भेद गर्नु , अनैकतिक काम गर्न, शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण ,धातु , मुगा ,रक्तास्राब कार्य गर्नु शुभ मानिन्छ ।

वुधबार : यस बारमा चातुर्य , दक्षता , पुण्य आर्जन , अध्ययन गर्नु , शास्त्रसेवा गर्नु , शास्त्र चिन्तन गर्नु , चित्र लेखन गर्नु, वास्तु कला , नोकरी गर्नु , बादबिबाद गर्नु शुभ मानिन्छ ।

विहीवार : धार्मिक कार्य गर्नु , नवग्रह पुजन गर्नु , यज्ञ गर्नु , अध्ययन गर्नु , मन्त्र जप तप गर्नु , नया कामको अध्ययन गर्नु , वस्त्र धारण गर्नु , यात्रा आरम्भ गर्नु जस्ता कार्य शुभ मानिन्छ ।

शुक्रबारः यसबारमा गायन ,मणि , रत्न , हिरा , सुगन्ध , बस्त्र , उत्साह , अलंकार , बाणिज्य , व्यापार , गाइ९बस्तु किनबेच गर्नु , द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य शुभ मानिन्छ ।

शनिबारः यसबारमा झुटो बोल्नु , ठगि गर्नु , कपट गर्नु , गृह९प्रवेश , स्थिर कार्य , नोकरी गर्नु , कलकारखाना खोल्नु , फलाम , तरवार आदिको कार्य गर्नु शुभ मानिन्छ ।