• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   मधेस सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा ★   राजस्थानले चेन्नईलाई दियो १४२ रनको लक्ष्य ★   माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन ★   एमाले तनहुँ अधिवेशनः अध्यक्षमा कँडेल र सिग्देलको उम्मेदवारी, कुन नेताको कसलाई साथ ? ★   ‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’ ★   छ दशकदेखि ज्ञान बाँड्दै लालचन्द्र ★   शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ ★   बेसहाराको आश्रयस्थल बन्दै बालगृह ★   मधेश सरकारबाट बाहिरियो माओवादी ★   इजरायल आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३५ हजार नजिक

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको ओलीको आरोप



file

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको आरोप लगाउनु भएको छ ।

स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरुको हर्ब बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भईरहेको अध्यक्ष ओलीको भनाई थियो । बुधबार काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसका लागि कृषि बजारको अभाव भने नेपालमा नभएको दावी गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ । यसलाई त मेडिकल हब बनाउनुपर्ने हो । मेडिकल एजुकेशन हब बनाउनुपर्ने हो । उपचार अस्पतालको हर्व बनाउनुपर्ने हो–यो देशलाई । यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ । यी आधारभूत आवश्यक्ताहरुको परिपूर्ति गर्दै हामी अघि बढनु पर्दछ । कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्दछ । यस क्षेत्रमा संलग्ने हुने जनशक्ति घटाउनुपर्दछ । जसले यसको उत्पादन लागत घटाउँछ । अन्नवालीको पनि नश्ल सुधार गरौँ । उत्पादन र उत्पादकत्व बढाऔं । र, देशलाई पहिलो कुरा त आत्मनिर्भर बनाऔं ।’

अध्यक्ष ओलीले कृषि उपज बढाउनका लागि माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताउनु भयो ।