२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिले रोक्नु हुँदैनः प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिले रोक्नु नहुने बताउनुभएको छ । पाँच दिने जापान भ्रमणबाट बुधवार नेपाल फर्किने क्रममा त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु नहुने बताउनु भयो ।

उहाँले नागरिकता प्रमाणिकरणका लागि ढिलो गर्नु नहुने पनि बताउनु भयो । सञ्चारकर्मीहरुको जिज्ञासाको संक्षिप्त जवाफ दिदैँ उहाँले भन्नुभयो – ‘उहाँले भन्नुभयो – राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ । र ढिलो नहुनुपथ्र्यो ।’

त्यस्तै अध्यक्ष दाहालले जापान भ्रमणका क्रममा लिवरल डेमोक्रेटिक पार्टी जापानका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योग मन्त्री संसद सदस्य एवं नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइसँगको भेटमा एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने कुरा भएको बताउनु भयो । उहाँले आफूले सो भेटमा नेपालको फोहोर व्यवस्थापनका लागि र टेनेलका लागि जापानको सहयोग मागेको बताउनु भयो । जापानले नेपालमा कृषि, पर्यटन, पूर्वाधार निर्माण लगायतको क्षेत्रमा लगानी बढाउन पनि आफूले आग्रह गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘मैले तत्काल हामीलाई सहयोग एउटा त उहाँहरुको टनेल टेक्नोलोजी धेरै माथि गएको छ । टेलिकम्युनिकेशनसँग सहकार्यका कुरा । फाहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ जापान । सबै व्यवस्थापन छ । त्यसकारण फोहोर व्यवस्थापनमा हामीलाई तत्काल सहयोग चाहियो भन्ने कुरा पनि हामीले ग¥यौँ । नागढुंगामा जापानकै सहयोगमा टनेल बन्दैछ । धेरै टनेलतिर हामी जान्छौँ । त्यसमा पनि जापानको विकास र प्रगती, टेक्नोलोजी हामीलाई चाहिन्छ । लगानी पनि जापानको बढी होस् भनेर पनि कुरा गरियो । त्यस्तै हाइड्रोमा लगानी बढी होस् । एग्रिकल्चर सेक्टरमा बढी लगानी आवश्यक छ भनेर हाम्रो प्राथमिकता टुरिजम, एग्रिकल्चर, इलेक्ट्रीफिकेसन र इन्फास्ट्रक्चर यि कुरा गरियो र निकै राम्रो वातावरणमा विचारको आदान–प्रदान पनि भयो र एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने कुरापनि राम्रो वातावरणमा भयो ।’

उहाँले आफ्नो जापान भ्रमण राम्रो भएको प्रतिक्रिया दिनुभयो । उहाँले आफ्नो भ्रमणका क्रममा जापानमा रहेका नेपालीहरु र जापानी अधिकारीहरुको पनि सक्रिय सहभागिता रहेको बताउनु भयो ।