२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान भ्रमण सकेर प्रचण्ड स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमण सकेर स्वदेश आइपुगेका छन् । प्रचण्ड बुधबार अपरान्ह काठमाडौँ आइपुगेका हुन् ।

स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण नेपाल र जापान सम्बन्धलाई थप मजबुत बनाउन सहयोगी हुने बताए ।

यस्तै, राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी रहेको नागरिकतासम्बन्धी विधेयकबारे सोधिएको प्रश्नमा प्रचण्डले राष्ट्रपतिले विधेयक रोक्नुहुन्न भन्ने आफूलाई लागेको बताए । दुबै संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ ।

प्रचण्डले फरक प्रसंगमा पार्टीका पदाधिकारी छिट्टै टुंग्याउने समेत जानकारी गराए । उनी गत शुक्रबार राति जापान भ्रमणमा गएका थिए ।