• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बझाङमा एकै परिवारका तीन सदस्य मृतावस्थामा फेला



प्रतीकात्मक तस्बिर

काठमाडौँ । बझाङमा एक परिवारका तीन सदस्य मृतावस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका–९ रारुमा स्थानीयवासी पुष्कर पार्की परिवारका तीन सदस्य मृतावस्थामा भेटिएको हो ।

प्रहरीका अनुसार पुष्करकी श्रीमती २२ वर्षीय गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय मोहित पार्कीको शव फेला परेको हो । उनीहरु घरनजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पुष्कर गएराति मात्र भारतबाट घर फर्किएको बताइएको छ । प्रहरीले उनलाई अहिले नियन्त्रणमा लिएको छ ।