२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा प्रचण्डको अभिव्यक्तिले नेपाल र नेपालीको शीर निहुर्‍यायो: खिमलाल भट्टराई



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुरिएको टिप्पणी गर्नु भएको छ ।

नेपालमा एक पटक पनि नआउनु भएका तत्कालीन प्रधानमन्त्री सिन्जु आबे नेपालमा आएको बेला दुई, तीन पटक दुई मुलुकको हितको विषयमा कुरा भएको भनेर अध्यक्ष दाहालले जापानमा अभिव्यक्ति दिएको भन्दै नेता भट्टराईले त्यसले सिंगो मुलुकको शीर निहुँर्याएको बताउनु भएको हो । बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता भट्टराईले पूर्वप्रधानमन्त्री र सत्तारुढ दलको जिम्मेवार नेता दाहालले नेपाल भ्रमणमै नआउनू भएका आबेबारे अति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भारत भ्रमणको बेला पनि दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गर्नु भयो । नेता भट्टराईले भन्नु भयो, ‘गठबन्धन भित्रका एक जना सिनियर नेता उहाँ भारतको भ्रमण गर्नु भयो । उहाँले जापानको भ्रमण गर्नु भएको छ । तर कसरी भ्रमण गर्दै हुनुहुन्छ ? उहाँ के बोल्दै हुनुहुन्छ ? र, यसकाले हाम्रो देशको उचाईलाई, हाम्रो देशको राजनीतिलाई, परिवर्तनलाई कस्तो एउटा प्रभाव पारिराखेको छ ? पुष्पकमल दाहाल प्रचण्ड केही समय अगाडि भारत भ्रमण गर्नु भयो । एउटा सिनियर नेताले विदेश भ्रमण गर्दाखेरी देशको उचाई भन्नुपर्ने हो । जनताको उचाई माथि हुनुपर्ने हो । तर भारत भ्रमण गर्नु भयो । कुन, कुन बैठक गर्नु भयो । के गर्नु भयो ।

एकछिनलाई त्यो छोडिदिऊ । उहाँको तयारीको विषयलाई मात्रै हेर्ने हो भने यहाँ सिनियर नेताहरुले सामाजिक सञ्जालमा लेख्नु भयो भारतीय प्रधानमन्त्रीसँग भेटेर राष्ट्रियताको बारेमा कुरा हुन्छ । कालपानीको बारेमा, लिम्पियाधुराको बारेमा, लिपुलेकको बारेमा कुरा हुन्छ । एकदम देशको स्वार्थको, देशको हितको कुरा हुन्छ भनियो, लेखियो । तर पछि भेटघाटै भएन । त्यत्रो सिनियर नेता पूर्वप्रधानमन्त्री यत्तिकै लुत्रुक्क फर्केको देखियो । यसले हाम्रो देशको यो परिवर्तनलाई देशको राजनीतिलाई कस्तो बनाउँछ ? के हो यो ? अनि जापान भ्रमण जानु भयो । जापान भ्रमणमा जाँदाखेरी उहाँले शानका साथ भन्नु भयो–पूर्व प्रधानमन्त्री जसले अस्ति भर्खरै हत्या गरिएकको छ ।

सिन्जु आबे नेपाल आएको बेलामा दुईदुई पटक उहाँसँग कुरा भएको छ नेपालका आपसी हितको बारेमा दुई तीन पटक कुरा भएको छ विकास निर्माणको बारेमा । गौरवको साथ उहाँले भन्नु भयो । जबकि सिन्जु आबे नेपाल आउनु भएकै थिएन । यस्तो खालको यो हल्का प्रस्तुतीले, हल्का टिप्पणीले के हुन्छ यो ? एउटा सिनियर नेता, देशको जिम्मा लिएको भनौं यत्रो सत्ता गठबन्धन छ हामी चलाएको छौ भनिएको छ । तर, यस्तो हल्का प्रस्तुति, यस्तो हल्का टिप्पणी, यस्तो हल्का तयारी यो के हो यो ? देश चल्छ ? लोकतन्त्र बलियो हुन्छ, गणतन्त्र चलाउने, संघीयता चलाउने, बलियो बनाउने यस्तै तरिकाले हो ? देशको जिम्मा लिनु भनेको । भने यसप्रति मेरो टिप्पणी छ । आलोचना छ । यस्तो नगरौं । यसले देशलाई हल्का बनाउँछ । जनताको शीर निहुर्याउँछ । मेरो आग्रह छ ।’

नेता भट्टराईले मूल्यवृद्धिले आहात भएका जनतालाई सुन्न र देख्न नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गर्नु भयो । दैनिक उपभोग्य खाद्यन्नको मूल्यवृद्धि एक वर्षमा सरकारले ११७ प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो ।