१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा



अ+ अ-

एजेन्सी । भारतको बिहारमा जेडीयू र भाजपाबीचको गठबन्धन ५ वर्षपछि फेरि टुटेको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार अपराह्न ४ बजेतिर राज्यपाल फागु चौहानलाई राजीनामा बुझाएका हुन् ।

नितिशले नयाँ सरकार बनाउने दाबी पनि राखेका छन् । उनले राज्यपाललाई १६० विधायकको समर्थन पत्र बुझाएका छन् । राजभवन बाहिर नितिशले भाजपासँगको गठबन्धन तोड्ने घोषणा गरे ।

उनले पार्टीका विधायक र सांसदहरूले एनडीएसँगको गठबन्धन तोड्न एक स्वरमा बोलेको बताए । त्यसलगत्तै नितिश सिधै राबडी देवीको घर पुगेर तेजस्वी यादवसँग भेट गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कांग्रेस विधायक शकील अहमद खानले नितिश कुमार महागठबन्धनको मुख्यमन्त्री हुने बताएका छन् । तेजस्वी यादव उपमुख्यमन्त्री हुने भएका छन् भने सभामुखको कुर्सी कांग्रेसले पाउन सक्ने बताइएको छ ।