• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   विश्वकपको समूह चरणमा नेपालको दुई खेल अघि डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर ★   ताप्लेजुङ पहिरो अपडेट: घाइते बुबा छोरीको उद्धार ★   राप्रपाका विभाग प्रमुखको जिम्मेवारी हेरफेर ★   गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही ★   पञ्चायतका ‘रिसाहा ज्वाइँ’को वास्तविक जीवनः सैफ–करीनाको बिहेमा भाँडा माझ्ने काम गरेका थिए ★   भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो: सांसद राणा ★   सांसद् बजगाईंको प्रस्तावः संसद् भवनमा मदिरा बार राखौँ ★   ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ: प्रधानमन्त्री ★   कुवेत आगलागीमा ज्यान गुमाएका ४५ जनाको शव भारत ल्याईयो ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

प्रतिनिधिसभामा बाधाअड्काउ फुकाउ आदेश पेस



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनबमोजिम बाधाअड्काउ फुकाउ आदेश पेस भएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गाविन्द शर्मा (कोइराला) ले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको उक्त आदेश सदनसमक्ष पेस गर्नुभयो । दुवै आयोगको २०७९ असार मसान्तसम्मको अवधि रहेकामा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि असोज मसान्तसम्म समयावधि थप गर्ने मन्त्रिपरिषद्को असार ३१ को निर्णयअनुरुप बाधाअड्काउ फुकाउ आदेश पेस गरिएको हो ।

त्यसैगरी बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । उक्त पत्रमा अर्थमन्त्री जनार्दन शर्मालाई नियुक्त गरिएको ब्यहोरा उल्लेख छ ।