११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको कोटामा कानुमन्त्री बन्दै अधिवक्ता !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकामा अधिवक्ता गोविन्द बन्दी (शर्मा) मन्त्री बन्ने भएका छन्।  माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को तर्फबाट शर्मा मन्त्री बन्ने भएका हुन् । 

सांसद समेत नरहेका शर्मा अध्यक्ष नेपालका नातेदार पनि हुन् । नेपालले प्रधानमन्त्री देउवालाई आफ्नो  कोटाबाट मन्त्री बनाउनु पर्ने सूचीमा बन्दीको नाम रहेको बताइएको छ।

मन्त्री बनेको खण्डमा उनको कार्यकाल गैरसांसदका रुपमा ६ महिनाको हुनेछ। उनी कानुनमन्त्री बन्ने लगभग तय भएको स्रोतले बताएको छ।  

यस विषयमा सत्ता गठबन्धनभित्र समेत छलफल भइसकेको बताइएको छ।  दैलेख स्थायी ठेगाना भएका उनलाई यसअघि सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउन खोजिएको थियो। 

बन्दीले प्रतिनिधि सभा विघटन मुद्दामा रिट निवेदकको तर्फबाट बहस गरेका थिए।