५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मसीर ४ गते हुने निर्वाचनको लागि आयोगबाट कार्यतालिका स्वीकृत,असोज २३ गते उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं। मसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको लागि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ ।

आइतबार  बसेको आयोगको बैठकले कार्यतालीका स्वीकृत गरेको हो । स्वीकृत भएको कार्यतालीका अनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त र २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालीका रहेको छ ।

असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने र उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गर्ने कार्यतालीका रहेको छ । उम्मेदबारको तय भएपछि आयोगले असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने भएको छ ।

निर्वाचनको लागि मङ्सिर १ गते राति १२ बजेदेखि मौन अबधी सुरु हुने र  मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुने कार्यतालीका आयोगले बनाएको छ ।