२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा नारायण खड्का आज चीनको भ्रमण जाँदै हुनुहुन्छ । आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री खड्का तीन दिने भ्रमणमा जान लाग्नु भएको हो ।

मन्त्री खड्का र चिनियाँ समकक्षी वाङ बीच चीनको छिङदाओमा साउन २५ गते भेटगर्ने कार्यक्रम रहेको छ ।वाङ यी मंगोलियमा र बंगलादेशको भ्रमणपछि सात दिने क्वारेन्टाईन बस्न छिङदाओमा पुग्ने र सो क्वारेन्टाइन स्थलमै उनीहरुबीच भेटवार्ता हुन लागेको हो ।

भेटमा सहभागी हुन बेईजिङ्गबाट छिङदाओमा जान लागेका चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ पनि भेटवार्ता पछि फर्केर क्वारेन्टाईनमा बस्नु पर्ने भएको छ ।

सोही स्थानमै स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा खड्काको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यहरु साउन २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।