• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह ★   टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर

नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन प्रतिबद्ध छु: मन्त्री यादव



file

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समून्द्रलाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज आयोजना गरेको सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष वृहत कार्यशालामा बोल्नु हुँदै मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफु लागि परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्या मध्ये एक हो, यसको समाधान खोज्न हामीले ढीलो गर्नु हुँदैन् ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले ४० माइक्रोन भन्दा कम मोटाईको प्लाष्टिकको प्रतिबन्धलाई कडाईका साथ कार्यान्वयन गर्न आफुले निर्देशन दिएको जानकारी गराउनु भयो । नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन आफु प्रतिबद्ध रहेको र आफु मन्त्री नियूक्त भए पश्चात छोटो समयमै धेरै कामहरुको सुरुवात भएको मन्त्री यादवले दावी गर्नुभयो ।

यसैगरी मन्त्री यादवले आगामी भदौं १ गतेदेखि प्लाष्टिक प्रदूषण मूक्त बनाउन थप कामहरु हुन गइरहेको बताउनुभयो । यसैगरी वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण कामहरु भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्लाष्टिक प्रदूषण मूक्त बनाउन हामी एक्लैले चालेका कदमहरु अपर्याप्त हुन सक्छन ।

हामीलाई अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोगको आवश्यकता छ, हाम्रो अभियानमा सबैको साथ र सहयोग आवश्यक छ ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले प्लाष्टिकजन्य पूष्पगुच्छा तथा माला आयात, विक्रीवितरण र भण्डारणमा पनि प्रतिबन्ध लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाललीले उत्पादन गरेका फुलहरु बिक्रि हुँदैनन, प्लाष्टिक पूष्पगुच्छा तथा मालाले प्रदूषण गर्ने भएकाले मैले प्लाष्टिक पूष्पगुच्छा तथा माला आयात, विक्रीवितरण र भण्डारणमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छु ।”