काठमाडौं । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् ।
उनलाई मंगलबार युनाइटेडले आफ्नो क्लबमा भित्र्याएको हो ।
यसअघि इटालियन क्लब युभेन्ट्सबाट खेल्दै आएका ३६ बर्षीय फरवार्ड रोनाल्डोले युनाइटेडसँग दुई वर्षको सम्झौता गरेका छन् ।
पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन् ।