२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी



अ+ अ-

हेटौंडा । एमालेबाट विभाजित भई बनेको नवगठित दल नेकपा एकीकृत समाजवादीले वागमती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । 

नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

सरकार जोगाउने कुनै बाटो नभएको भन्दै एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् । 

यस्तै पार्टीले आफूलाई नै अगाडि सारेको र सत्तारुढ गठबन्धनमा पनि सहमतिको उम्मेदवार रहेको उनले दाबी गरे । 

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।