काठमाडौं । गायक समीर आचार्यको स्वरमा नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको छ ।
वसन्त विवस आचार्यको शब्द रहेको गीतमा ‘दुनियाँ बेग्लै छ’, ‘पिच रोड’ लगायतका गीतबाट चर्चामा आएका समीरकै संगीत छ ।
भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाको अभिनय छ ।
भिडियोलाई शान थापाले निर्देशन गरेका छन् भने अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।