२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा उच्च अङ्कको पहिरो, नेप्से र कारोबार रकम दुवै घटे



अ+ अ-

काठमाडौं । जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । 
 
लगातार करेक्सन देखिन थालेको शेयर बजारमा आजको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० को विन्दमुा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ६९.०५ विन्दुले घटेर दुई हजार ९७५.८४ मा ओर्लेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.३४ विन्दुले घटेर ५५०.५२ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कूल २२७ कम्पनीको दुई करोड ३१ लाख नौ हजार ७१३ कित्ता शेयर रु १३ अर्ब २५ करोड ९६ लाख ९६  हजार १०७ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका १३ वटै उपसमूहको शेयर आज ओरालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत रु ४१ खर्ब ५७ अर्ब ८४ करोड ४१ लाख ८० हजारको हाराहारीमा ओर्लेको छ । 

कारोबार भएका बैंकिङ २२.९९, व्यापार १०६.०१, होटल तथा पर्यटन ४६.७, विकास बैंक २०५.७४, जलविद्युत् १२४.२७, वित्त १०१.४८, निर्जीवन बीमा ३७२.५८, उत्पादन १९८.७३, अन्य ६२.७४, लघुवित्त १६४.०६, जीवन बीमा ४४७.९८, सामूहिक लगानी कोष ०.१३ र लगानी २.८ विन्दुले ओरालो लागे । 

कारोबार भएका मध्ये आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहे । सो कम्पनीको रु एक अर्ब एक करोड पाँच लाख ७३ हजार ३८३ बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु ४९ करोड २३ लाख १३ हजार ८८३, अपि पावर कम्पनी रु २९ करोड ७८ लाख २६ हजार,नेपाल बैंक रु २९ करोड ७४ लाख ६९ हजार ४०० र गुडविल फाइनान्स रु २९ करोड ६५ लाख एक हजार १७२ को कारोबार भई शीर्ष स्थानमा रहे । 

यसैगरी कर्णाली डेभलपमेन्ट बैंक ७.५८, मनकामना स्मार्ट लघुवित्त ६.०८, सपोर्ट माइक्रोफाइनान्स ५.९६, कर्पोरेट डेभलपमेन्ट बैंक ४.६३, सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले २.८४ प्रतिशतले कमाए । उता रुरु जलविद्युत् परियोजना ९.९९, माउण्टेन हाइड्रो नेपाल ७.७६, हिमलायन ऊर्जा विकास कम्पनी ६.९२, सिभिल लघुवित्त ६.५९ र घलेम्दी हाइड्रो पावरका लगानीकर्ताले ५.९४ प्रतिशतले गुमाए ।