२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने



अ+ अ-

काठमाडौं ।हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । यसअघी घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो । आफ्नो ओछ्यानमै रेडियोलोजी सेवा चाहिने विरामीहरुलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरुवात गरेको हो । घरमा स्वास्थ्यको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफि प्रदान गर्नेछ । हेल्थ एट होमले निकट भविष्यमा एस्सरे र अन्य विभिन्न रेडियोलोजी सेवा समेत थप्ने लक्ष्य राखेको छ ।

यो सेवाको उद्घाटन त्रिवि शिक्षण अस्पतालका भूतपूर्व एचओडी प्रा.डा. रामकुमार घिमिरे र मेडिसिटी अस्पतालका वर्तमान प्रमुख डा. रामकुमार घिमिरेले घरमै स्वास्थ्यको रेडियोलोजी विभागको उद्घाटन गर्नुभएको थियो । विभागको नृतृत्व डा. प्रदीपराज रेग्मी र डा. उज्जल भट्टराईले गर्नुभएको छ । विरामीहरुले यो अति आवश्यक सेवा प्रयोग गर्न सुरु गरिसकेका छन् ।

नयाँ सेवा उद्घाटनका क्रममा डा. घिमिरेले भन्नुभयो, समुदायमा अति आवश्यक पर्ने सेवा रहेको भन्दै उहाँले पेशागत प्रतिवद्धता र बिरामीको हेरचाहको लागि आवश्यक पर्ने आविश्कार आवश्यक छ । उहाँले सेवा नैतिकतामा आधिारित हुनुपर्ने र बिरामीको हितका लागि आधारित हुनुपर्ने बताउनुभयो । यो नयाँ सेवा नेपाली समुदायका लागि निकै सहयोगी हुने बताउनुभयो ।

यस्तै प्रमुख रेडियोलोजी विभागका डा. प्रदिपराज रेग्मीले भन्नुभयो , हेल्थ एट होमले सेवाका रुपमा विस्तारामा बाँधिएका र उचित रेडियोलोजी सेवाहरु बिना समुदायमा रहेका बिरामीहरुलार्य ठुलो मद्धत पुग्ने बताउनुभयो । यसले आम मानिसलाई निकै सहयोग पुग्ने उहाँका भनाई थियो ।
यसैगरि हेल्थ एट होमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. विशाल ढकालले नयाँ सेवा विभाग थपिएपछि मात्रै समुदायमा बिरामीको हेरचाह गर्ने प्रतिबद्धता अझ बलियो भएको बताउनुभयो । हेल्थ एट होमले सधै हेरचाहमा पहुँचको वकालत र समर्थन गर्दे आएको छ । रेडियोलोजीको नयाँ सेवाले बिरामीलाई घरमै पुगेर उत्कृष्ट सेवा प्रदान गर्नेछ ।

१२ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।




भर्खरै