• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

वातावरण र गाउँठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह



file

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गर्नुभएको छ ।

आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षरोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वृक्षरोपण सबैको साझा अभियान हुनुपर्छ, वृक्षरोपण गरेर आफ्नो गाउँठाउँ हरियाली बनाउन म आग्रह गर्दछु ।” यसैगरी मन्त्री यादवले राउण्ड टेबल नेपाल संस्थाका युवाको कामको प्रशंसा गर्दै भन्नुभयो, “वनजङ्गल जोगाउन तथा हरियाली बनाउनमा युवाको भूमिका उल्लेख्य छ, युवा अग्रसर भए मात्र हाम्रो देश पनि हरियाली हुनेछ र जङ्गल जोगिनेछ ।”

उक्त कार्यक्रममा मन्त्री यादवसहित वीरगञ्ज महानगरपालिकाका राजेशमान सिंह लगायतले वृक्षरोपण गर्नुभएको मन्त्री यादवका प्रेस संयोजक विमलबहादुर विष्टले जानकारी दिनुभयो ।