५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः फुलहमसँग लिभरपुल बराबरीमा रोकिँदा चेल्सी, टोटेनहम र बर्नमाउथको विजयी सुरुवात



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साविक उपविजेता लिभरपुलले बराबरी खेलेको छ । शनिबार साँझ सम्पन्न खेलमा लिभरपुलले फुलहमसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको हो ।

फुलहमको मैदान क्राभेन कटेजमा भएको खेलमा ३२ औं मिनेटमा एलेक्सान्डर मिट्रोभिचले गोल गर्दै फुलहमलाई सुरुवाती अग्रता दिलाए । ६४ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई १–१ को स्थितीमा ल्याए ।

७२ औं मिनेटमा मिट्रोभिचले पेनाल्टीमार्फत व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दा फुलहम २–१ ले अघि रह्यो ।

तर, ८० औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको हार टारे । बराबरीसँगै दुबै टिमले समान एक अंक जोडेका छन् ।

चेल्सीले एभर्टनलाई हरायो
चेल्सीले प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन एकमात्र निर्णायक गोल जर्गिन्होले गरे । उनले पहिलो हाफको थप समयमा पेनाल्टीमार्फत गोल गरेका हुन् । जितसँगै चेल्सीले पहिलो खेलबाटै महत्वपूर्ण तीन अंक जोडेको छ ।

साउथह्याम्प्टनविरुद्ध टोटेनहमको सानदार जित
टोटेनहमले सानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहमले साउथह्याम्प्टनलाई ४–१ गोलले पराजित गरेको हो ।

टोटेनहमलाई जित दिलाउन र्यान सेसेग्नन, एरिक डाएर, डेजान कुलुसेभ्स्कीले एक–एक गोल गरे । साउथथह्याम्प्टनका मोहमद सालिसुले आत्मघाती गोल गरेपछि थप एक गोल भने टोटेनहमले उपहारस्वरुप पायो । साउथह्याम्प्टनका लागि जेम्स वार्डले एकमात्र सान्त्वना गोल गरे । जितसँगै टोटेनहमले पहिलो खेलबाटै महत्वपूर्ण तीन अंक जोडेको छ ।

बर्नमाउथसँग एस्टन भिल्ला पराजित
बर्नमाउथले जितसँगै प्रिमियर लिगको सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा बर्नमाउथले एस्टल भिल्ललालाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बर्नमाउथलाई जित दिलाउन खेलको दोस्रो मिनेटमा जेफर्सन लेर्माले र ८० औं मिनेटमा किएफर मोएरेले गोल गरे । जितसँगै बर्नमाउथले तीन अंक जोडेको छ ।