१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र चीनका परराष्ट्रमन्त्रीको भेट क्वारेन्टाईनमा !



फाईल फोटो
अ+ अ-

काठमाडौँ । चीनको भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीलाई क्वारेन्टाइनमा भेट्ने भएका छन् । यही साउन २४ देखि २६ गतेसम्म चीनको भ्रमण गर्दै छन् । मन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग चीनको छिङदाओमा साउन २५ गते भेटगर्ने कार्यक्रम रहेको छ ।

वाङ यी मंगोलियमा र बंगलादेशको भ्रमणपछि सात दिने क्वारेन्टाईन बस्न छिङदाओमा पुग्नेछन् । सो क्वारेन्टाइन स्थलमै उनीहरुबीच भेटवार्ता हुन लागेको हो । भेटमा सहभागी हुन बेईजिङ्गबाट छिङदाओमा जान लागेका चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ पनि भेटवार्ता पछि फर्केर क्वारेन्टाईनमा बस्नु पर्ने भएको छ ।

सोही स्थानमै स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा खड्काको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यहरु साउन २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।