• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   सेन्ट भिसेन्टमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर) ★   टी–२० विश्वकपः दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य ★   अमेरिका र आयरल्याण्डको खेल वर्षाले रद्द, पाकिस्तान बाहिरियो ★   युरो कप फुटबलः आयोजक जर्मनीको विजयी सुरुवात ★   राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक ★   आज सातै प्रदेशको बजेट घोषणा हुँदै, के छन् प्राथमिकता ? ★   विश्वकप क्रिकेट: नेपालले टस जित्यो, दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति

राप्रपा नेपालको गतिलाई रोक्न, छेक्न खोज्ने देशी बिदेशी शक्ति परास्त हुन्छन्; महामन्त्री बर्तौला



चरिकोट । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपालको गतिलाई रोक्न, छेक्न खोज्ने देशी बिदेशी शक्तीलाई परास्त गर्दै पार्टी द्रुत गतिमा अघि बढ्ने बताएका छन् ।

आज दोलखाको चरिकोटमा आयोजित पार्टीको बिस्तारित बैठकमा बोल्दै महामन्त्री बर्तौलाले पार्टी र नेतृत्व विरुद्धमा प्रायोजित र योजनाबद्ध रुपमा भ्रम फैलायर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने तत्वहरुको सपना पूरा नहुने उनको दाबी थियो ।

बैचारिक रुपमा धारिलो , गतिशिल र इमानदार नेता कार्यकर्ताहरुको मेहनतबाट पार्टीलाई उठाउने र जनताको भरोसायोग्य पार्टी बनाउने कार्ययोजना अनुरुप कृयाशिल हुन समेत बर्तौलाले आग्रह गरे । ठुला भनिने दलहरुको मनपरितन्त्र र कुशासनमा पिल्सिन बाध्य भएका जनताले आगामी निर्बाचन मार्फत बिकल्प खोज्ने उनको धारणा थियो । सबै घेराबन्दी र षड्यन्त्रलाई चिर्दै राप्रपा नेपाललाई बैकल्पिक शक्ति बनाउने अभियानमा सिङ्गो पार्टी पङ्ती होमिनुपर्नेमा बर्तौलाको जोड थियो ।

कार्यक्रममा बोल्दै पार्टीका बागमती प्रदेश अध्यक्ष माधब खत्रीले राप्रपा नेपालले लिएको बिचार र बाटो बाट मात्र मुलुकले बेहोरिरहेको सड्ढटबाट मुक्ति पाउने धारणा राखे। कार्यक्रममा केन्द्रीय सदस्यद्वय रामसुन्दर बिष्ट र नबराज श्रेष्ठ लगायतले बोलेका थिए ।