५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको गतिलाई रोक्न, छेक्न खोज्ने देशी बिदेशी शक्ति परास्त हुन्छन्; महामन्त्री बर्तौला



अ+ अ-

चरिकोट । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपालको गतिलाई रोक्न, छेक्न खोज्ने देशी बिदेशी शक्तीलाई परास्त गर्दै पार्टी द्रुत गतिमा अघि बढ्ने बताएका छन् ।

आज दोलखाको चरिकोटमा आयोजित पार्टीको बिस्तारित बैठकमा बोल्दै महामन्त्री बर्तौलाले पार्टी र नेतृत्व विरुद्धमा प्रायोजित र योजनाबद्ध रुपमा भ्रम फैलायर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने तत्वहरुको सपना पूरा नहुने उनको दाबी थियो ।

बैचारिक रुपमा धारिलो , गतिशिल र इमानदार नेता कार्यकर्ताहरुको मेहनतबाट पार्टीलाई उठाउने र जनताको भरोसायोग्य पार्टी बनाउने कार्ययोजना अनुरुप कृयाशिल हुन समेत बर्तौलाले आग्रह गरे । ठुला भनिने दलहरुको मनपरितन्त्र र कुशासनमा पिल्सिन बाध्य भएका जनताले आगामी निर्बाचन मार्फत बिकल्प खोज्ने उनको धारणा थियो । सबै घेराबन्दी र षड्यन्त्रलाई चिर्दै राप्रपा नेपाललाई बैकल्पिक शक्ति बनाउने अभियानमा सिङ्गो पार्टी पङ्ती होमिनुपर्नेमा बर्तौलाको जोड थियो ।

कार्यक्रममा बोल्दै पार्टीका बागमती प्रदेश अध्यक्ष माधब खत्रीले राप्रपा नेपालले लिएको बिचार र बाटो बाट मात्र मुलुकले बेहोरिरहेको सड्ढटबाट मुक्ति पाउने धारणा राखे। कार्यक्रममा केन्द्रीय सदस्यद्वय रामसुन्दर बिष्ट र नबराज श्रेष्ठ लगायतले बोलेका थिए ।