१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्नि सापकोटा बिरुद्धकाे मुद्दा १० वर्ष देखी हेर्न भ्याईएन, आज पनि मिलेन



अ+ अ-

काठमाडौं ।  द्वन्द्वकालीन समयमा काभ्रेका अर्जुन लामाको हत्यामा संग्लन भएको भन्दै तत्कालीन नेकपा माओबादीका नेता तथा हाल सभामुख अग्निप्रसाद सापकोटा बिरुद्ध २०६८ सालमा दायर भएको मुद्दाको सर्बोच्च अदालतको सबैधानिक ईजलासमा आज पनि सुनुवाई नहुने भएको छ ।  

पटक पटक पेसीमा रहेर पनि बिभिन्न कारण  देखाउदै हेर्न नभ्याईएको मुद्दाको आज फेरी सुनुवाई हुन लागेपनि  न्यायधीस हरिकृष्ण कार्की कानूनव्यवसायी रहेको अबस्थामा सापकोटाको बिपक्षमा बहस   गरेको कारण मुद्दा हेर्न नमिल्ने भएको हो ।  प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र रहनु भएको सबैधानिक ईजलासमा सुनुवाई हुने पेशीमा रहेको थियो । 

२०६९ मंसिर ७ आफ्ना श्रीमानको सापकोटाले हत्या गरेको भन्दै लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी शुशिल प्याकुरेल, कपिल श्रेष्ठ, कणकमणि दीक्षित, चरण प्रसाईं लगायतका व्यक्तिहरुले  २०६८ असार ६ गते सापकोटा बिरुद्द मुद्दा दर्ता गरेका थिए ।