• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

बेसरी रिस उठेका बेला ‘तेरो घरमा कांग्रेस पसोस् भनेर सराप्थे’ – ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका लागि राणा शासन गएपनि कांग्रेस आएपछि एमालेका लागि राणा शासन आएको बताएका छन् । नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

‘२०१२ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्रीबाट हटेर टंकप्रसाद आचार्य प्रधानमन्त्री बनेपछि उहाँले कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्नुभयो । २०१३ बैशाखबाट कम्युनिस्ट पार्टीले खुला भएर काम गर्न पायो । राणा शासन गयो कांग्रेसका लागि तर कांग्रेस आयो राणा शासन आयो एमालेका लागि ।’ अध्यक्ष ओलीले भने ‘मान्छेले यतिकै भनेका होइनन्, उहिले पनि छिमेकीसँग रिस उठ्यो भने तेरा घरमा कांग्रेस पसुन् भन्दै सराप्ने गर्थे ।’