७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीति गर्न सजिलो छैनः माधवकुमार नेपाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मावधकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताउनुभएको छ । शुक्रवार लतिपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताउनु भयो । अध्यक्ष नेपालले अझैपनि राजनीति सजिलो रुपमा गर्न सम्भव नभएको बताउनु भयो । उहाँले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचारण अनुरुपमा राजनीतिक उदेश्य राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो थियो । राजनीति गर्ने कुरा सजिलो हुँदैन । अहिलेसम्म पनि देखिन्छ । राजनीति सजिलो यात्रा होइन । सजिलो गरी सम्भव छैन । राजनीतिमा धेरै चिजहरुको चुनौती सामान गर्नुपर्छ । तर सबैभन्दा ठूलो कुरा के हो भने राजनीतिकको उद्देश्य जनताको सेवा गर्ने हो,समाज परिवर्तन गर्ने र देशको गरिमालाई माथि उठाउने हो भने त्यही अनुसारको आचारण हुनुपर्छ ।

कम्युनिष्ट पार्टीका संस्थापक नेताहरुलाई सम्झिरहेको छु । पुराना योद्धाहरुबाट हामीले प्रेरणा लिन,सम्मान गर्न र उहाँहरुको योगदानको प्रसंशा गर्नसक्यौं भने इतिहासको कदर गरेको ठहरीन्छ । हामीले इतिहासको कदर गर्नसक्यौ भने भविष्यले वर्तमानको कदर गर्नेछ ।

अध्यक्ष नेपालले पुराना योद्धाहरुबाट प्रेरणा लिन,सम्मान गर्न र उनीहरुको योगदानको प्रसंशा गर्न सकेमात्र इतिहासको कदर गरेको ठहरिने बताउनु भयो । उहाँले अहिलेका राजनीतिक नेतृत्वले इतिहासको कदर गर्नसक्यो भने मात्रै भविष्यले वर्तमानको कदर गर्ने उल्लेख गर्नुभयो ।