१४ आश्विन २०८१, सोमबार
,
Latest
फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु धादिङका प्रहरी प्रमुख पनि प्रधान कार्यालय तानिए बुधबारदेखि वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवराज सफलको नेतृत्वमा ‘नेपाल समाजवादी केन्द्र’ को घोषणा, वामदेवले धोका दिएको आरोप



अ+ अ-

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट छुट्टिएको समुहले विभिन्न पार्टीबीच चुनावी तथा राजनीतिक गठबन्धन बनाउने घोषणा गरेको छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विभिन्न पाँच पार्टीबीच चुनावी एकता गरेर निर्वाचनलक्षित राजनीतिक मोर्चा ‘नेपाल समाजवादी केन्द्र’ नामाकरण गरिएको जानकारी दिइएको हो ।

अभियान केन्द्रीय कार्यालयको गत साउन १७ गते बसेको बैठकले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘नेपाल समाजवादी केन्द्र’ राख्ने र केन्द्रलाई राजनीतिक मोर्चा र चुनावी गठबन्धनको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । आज घोषण गरिएको उक्त नेपाल समाजवादी केन्द्रमा नेकपा (समाजवादी), नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपाल आवद्ध छन् ।

कार्यक्रममा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डलका सदस्य युवराज सफलले वामदेव गौतमलाई एक महत्वपुर्ण कालखण्डमा साथ दिएको स्मरण गराए । नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता गरी बृहत कम्युनिष्ट पार्टीको निर्माण गर्ने र मोर्चामार्फत देशलाई समृद्धिको बाटोमा अघि बढाउने बामदेवको योजना पत्याएर आफूहरुले साथ दिएको उनको थियो ।
उनले भने,‘हामीले त सबै कम्युनिष्टहरुलाई एकताबद्ध बनाउने भनेर उहाँ वामदेव गौतमलाई साथ दिएका थियौं । तर, उहाँले रवैया देखाउनुभयो । उहाँको रवैयाबारे ५ बुँदे आरोपपत्र बुझायौं । त्यहीअनुसार उहाँलाई कारवाही गरियो । त्यसपछि गत साउन १७ गते बसेको बैठकले नेकपा राष्ट्रिय एकता अभियानको नाम परिवर्तन गरेर ‘नेपाल समाजवादी केन्द्र’ राखियो ।’

उनले ७७ जनाको केन्द्रीय समितिमा २५ जना वामदेवसँग पछि लागेर गएको भन्दै बाँकी भएका सबै सदस्यहरु आफुहरुसँग रहेको पनि दाबी गरे । सफलले सारा कम्युनिष्टहरुलाई एकता गर्नको लागि आफुले अभियान चलाउने पनि बताए । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले एमसीसी पास गरेर गल्ती गरेको टिप्पणी गरे । उनले यस्ता राष्ट्रघाती कदममा गल्ती महसुस गरेर नेताहरु सुध्रिएर आए सहकार्य गर्न तयार रहेकोसमेत स्पष्ट पारे ।

उनले भने,‘जो पुँजिवादको शक्तिमा लाग्यो, जसले एमसीसी पास गर्यो, जो एसपीपीको पक्षमा छ । त्यस्ता, राष्ट्रघातीलाई आफ्नो पार्टीमा ठाउँ दिँदैनौ । उहाँहरु सुध्रिएर आए आफ्नो अभियान नेतृत्व दिन पनि तयार छ । सहकार्य गर्न पनि तयार छ ।’ सत्ता गठबन्धनको विषयमा माधवकुमार नेपालसँग छलफल भइरहेको उनले बताए । उनले भने,‘हामी पनि देशका नागरिक हौं, सत्तामा भएका दलसँग गठबन्धन गरेर चुनावमा जान तयार छौं । तर, राष्ट्रघातीविरुद्धको कार्य उहाँहरुले रोक्नुपर्छ ।’

उनले आफ्नो अभियानमा राष्ट्रवादी, राष्ट्रप्रेमी शक्तिहरुलाई आउनपनि आह्वान गरे । सफलले आफुहरुको अभियानलाई कसैको पछि नलागी स्वतन्त्र शक्तिको रुपमा अघि बढाउने समेत प्रतिवद्धता व्यक्त गरे । यसैगरी, आधुनिक नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डलका सदस्य कृष्णगोपाल बञ्जाराले आजदेखि नयाँ कार्यक्रमको सुरुवात गरेको बताए । उनले भने,‘आजबाट जन्मिएको बच्चालाई राष्ट्रिय अभियानको रुपमा अगाडी बढाउने छौं ।’ सबै राष्ट्रवादी पार्टीहरु एक हुनुपर्ने उनले भनाई थियो । उनले आजदेखि रोपिएको नयाँ बिउले राष्ट्रियस्तरको अभियानको रुप लिने पनि बताए ।

उहनले बामदेव गौतमले आफुहरुलाई खेलौनाको रुपमा प्रयोग गरेको समेत आरोप लगाए । उनले भने,‘राष्ट्रवादी शक्ति बनाउने, सबै दलहरुसँग हातेमालो गर्दै अगाडी बढाउने हाम्रो मुख्य लक्ष्य रहेको छ । जनताको दुश्मन हाम्रो पनि दुश्मन र राष्ट्रको हित हाम्रो पनि हित ।’ उनले गौतम नेपालको पूरानो वामपन्थी नेताको रुपमा चिनेको भन्दै उनले त्यहाँभित्र पुगेपछि आफ्नो पार्टी नै समाप्त गर्न खोजेको आरोप लगाए । गौतमलाई यसबारेमा पटक–पटक कुरा गरेपनि आफ्ना भनाईमा ध्यान नदिएको उनले गुनासो पोखे ।

उनले भने,‘हामीले अभियानलाई मोर्चाको रुपमा लैजान खोजेका थियौं, तर, गौतमले पार्टीको रुपमा लैजान खोजेपछि कुरा नमिलेको हो । त्यसमा हाम्रो असन्तुष्टि बढेको हो ।’

यस्तै, नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डलका अर्का सदस्य बद्री यादव र नेपाल जनता पार्टीका उपाध्यक्ष धिरेन्द्र झाले पनि नवगठित मोर्चालाई आगामी दिनको सफलताको शुभकामना दिएका थिए । पार्टीको प्रेश विज्ञप्ती आम नेपाली पार्टीका अध्यक्ष निलकण्ठ पौडेलले वाचन गरेका थिए । नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डलका अर्का सदस्य मीननाथ देवकोटाले कार्यक्रम संचालन गरेका थिए ।