७ पुष २०८२, सोमबार
,
Latest
मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन



file
अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि चुनावी सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट तीन जना सदस्य रहने छन्भने अन्य दलबाट दुई/दुई जना सदस्य रहनेछन् ।

नेपाली कांग्रेसबाट कार्यदलमा कांग्रेस महामन्त्री गगन थापा, केन्द्रीय सदस्य कृष्ण सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहनेछन । त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र जनार्दन शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलको सदस्य रहेनछन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनामोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलको सदस्य रहनेछन् ।

कार्यदलले यही साउन मसान्तभित्र सबै निर्वाचन क्षेत्रको तथ्य आकलन गरी सिट बाँडफाँटको मोडालिटीसहितको सुझाव प्रस्तुत गर्ने बताइएको छ ।