६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कांग्रेसको चुनावी सरगर्मी बढ्यो

कांग्रेसको चुनावी सरगर्मी बढ्यो
अ+ अ-

–कमल खत्री
बेनी । नेपाली कांग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको तिथि नजिकिँदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली कांग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ । 

कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार यही भदौं १८ गते वडा तहको अधिवेशन हुँदैछ । एक सङ्घीय र दुई प्रदेश निर्वाचन क्षेत्र, ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा नयाँ नेतृत्व पाउने भएकाले यतिबेला म्याग्दी कांग्रेसका नेता तथा कार्यकर्ता उत्साही देखिएका छन् । 

पूर्वनिर्धारित कार्यतालिका अनुसार देशभरका सबै वडामा यही भदौ १८ मा कांग्रेसको नेतृत्व चुनिनेछन् । वडामा चुनिने नेतृत्वसँगै पालिका, प्रदेश र जिल्ला अधिवेशनमा भाग लिन पाउने प्रतिनिधिसमेत छनोट हुने भएकाले जिल्लाको नेतृत्वदायी पदमा आकांक्षी देखिएका नेतासमेत आन्तरिक बैठक, छलफल र भेलामा जुटेका छन् ।

 पार्टी केन्द्रले म्याग्दीमा तोकिएका जिल्ला मुख्य निर्वाचन अधिकृत नीरञ्जनराज भण्डारी निर्वाचन सामग्रीसहित जिल्लामा आएर आवश्यक तयारी सुरु गरिसक्नुभएको छ । म्याग्दी कांग्रेसले वडा अधिवेशनको निर्वाचनका लागि नेपाल शिक्षक सङ्घमा आवद्ध शिक्षकलाई परिचालन गर्ने निर्णय गरेको र सोही बमोजिम वडावडामा तयारी सुरु भइसकेको जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

 ‘‘पार्टीको तर्फबाट सम्बन्धित तहका नेता, कार्यकर्तालाई जानकारी गराउने काम भइसकेको छ, पार्टी केन्द्रबाट क्रियाशील सदस्यता टुङुगिएर आइसकेको छ, मुख्य निर्वाचन अधिकृतले वडामा परिचालन हुने शिक्षकलाई आवश्यक प्रशिक्षण र सहजीकरण गरेपछि आवश्यक सामग्रीसहित सबै वडामा निर्वाचन टोली परिचालन हुन्छन्’’– उहाँले भन्नुभयो ।

जिल्ला बाहिर रहेका पार्टीका नेतासमेत वडा अधिवेशनका लागि गाउँ फर्किएपछि चलहपहलसमेत बढेको छ । वडा तहमा निर्वाचन अधिकृतको टुङ्गो लगाइसकिएको र उहाँहरुलाई पार्टीको जिल्ला नेतृत्व र निर्वाचन अधिकृतमार्फत आवश्यक निर्देशनसहित निर्वाचन सामाग्रीसहित परिचालनको तयारी भएको पार्टीका जिल्ला सहसचिव भरतबहादुर रकालले जानकारी दिनुभयो ।

 म्याग्दीमा वडा अधिवेशनमा कूल दुई हजार ८३९ जनाले भाग लिन पाउने छन् । पार्टी केन्द्रले सार्वजनिक गरेको क्रियाशील सदस्यको विवरण अनुसार, म्याग्दी कांग्रेसमा पुराना नवीकरण भएका एक हजार ८४ र नयाँ थप भएका एक हजार ७५५ जना क्रियाशील सदस्यले मात्रै वडामा उम्मेदवार र नेतृत्व चयनमा मतदानको अधिकार पाउने जिल्ला पार्टी प्रवक्ता अजयमिलन श्रेष्ठले बताउनुभयो ।

कांग्रेसले सार्वजनिक गरेको क्रियाशील सदस्यता विवरणअुनसार, बेनी नगरपालिकामा एक हजार ५४, रघुगङ्गा गाउँपालिकामा ४२१, अन्नपूर्ण गाउँपालिकामा ३५८,  मङ्गला गाउँपालिकामा ४५९, मालिका गाउँपालिकामा २७७ र धवलागिरि गाउँपालिकामा २७९ जना क्रियाशील सदस्य रहेका छन् । 

हरेक वडामा हुने अधिवेशनका लागि सहमतिमा सर्वसम्मत् नेतृत्व चयनको लागि प्रयास हुने र सहमति नभएमा चुनावबाट चुन्ने गरी निर्वाचन समितिले तयारी गरेको छ । कांग्रेसमा नयाँ संरचनामा पहिलो पटक हुन लागेको महाधिवेशनमा वडा, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला समितिमासमेत अधिकांश पद प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था गरिएको छ । तीनै तहमा सभापति एक, उपसभापति, सचिव र सहसचिब दुई–दुईजना प्रत्यक्ष निर्वाचित हुने र निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष मनोनित गर्ने गरी पदाधिकारीको छनोट गर्ने नयाँ प्रावधान राखिएको छ । 

वडा अधिवेशनले वडाका ८ पदाधिकारी र सदस्यसमेत गरी २३ जनाको कार्यसमिति चयन गर्नेछ । यसमा वडा सभापतिले २० प्रतिशतसम्म सदस्य मनोनित गर्न पाउने व्यवस्था छ । त्यसैगरी वडाबाट पालिका, प्रदेश निर्वाचन र जिल्ला अधिवेशन प्रतिनिधिको रुपमा १५ र सभापतिसमेत गरी १६ जनालाई प्रतिनिधिको रुपमा छनोट हुनेछन् । 

वडाबाट छनोट भएका निर्वाचन प्रतिनिधिले पालिका र प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनमा भाग लिने प्रवक्ता श्रेष्ठले बताउनुभयो । पालिका, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनका लागि वडाबाट चुनिने प्रतिनिधि नै निर्णायक हुने भएकाले यतिबेला वडास्तरमा व्यापक बहस र छलफलले व्यापकता पाएको छ । 

आगामी नेतृत्वका लागि जिल्लामा स्पष्ट दुई धारमा प्रतिस्पर्धा हुने सङ्केत देखिएपछि दुबै पक्षले आफ्नो पक्षका नेता कार्यकर्तालाई प्रतिनिधिमा जिताएर ल्याउन आन्तरिक कसरत सुरु गरेका छन् । यस अघिको तत्कालीन गाविसमा समिति र प्रतिनिधि चयनमा घतान, घार, राम्चे, भकिम्लीलगायतका ठाउँमा केही पदमा निर्वाचन भए पनि अधिकांश गाउँस्तरीय समितिमा सर्वसम्मत रुपमा नेतृत्व र जिल्ला प्रतिनिधि चुनिने गरेका छन् ।

 यस पटक जिल्लामा कांग्रेसको बढ्दो शक्तिका कारण वडा तहमा निर्वाचन हुनसक्ने कांग्रेसजनको आँकलन छ । कांग्रेसले गाउँ÷नगरको भदौ २८ गते, प्रदेश निर्वाचन क्षेत्रमा असोज १ गते र एक निर्वाचन क्षेत्र रहेका जिल्लाको असोज ५ गते अधिवेशनको कार्यतालिका बनाएको छ । 

कांग्रेसको जिल्ला नेतृत्वमा आधा दर्जनको दाबेदारी छ । वर्तमान सभापति खमबहादुर गर्वुजा९ खमवीर०, निवर्तमान सभापति एवं संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति माधवप्रसाद रेग्मी, सचिव मीनबहादुर कार्की, पूर्व सहसभापति नेत्रबहादुर महत, महाधिवेशन प्रतिनिधि चीरञ्जवी शर्माले सभापतिमा दाबी गर्नुभएको छ । 

यद्यपि अधिवेशनको मिति नजिकिएसँगै सभापतिका आकांक्षबीचमै पनि छलफल सुरु भएकाले अन्तिममा सहमति नभएमा वर्तमान सभापति गर्बुजा र निवर्तमान सभापति बानियाँको बीचमा मात्रै चुनाब हुनसक्ने आँकलन कांग्रेस नेता तथा कार्यक्रतामा छ । जिल्ला अधिवेशनले जिल्लाको नेतृत्वसँगै केन्द्रिय महाधिवेशनको लागि २५ जना महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ ।