१८ असार २०८३, बिहीबार
,
Latest
शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर जुम्लामा चट्याङमा परी रावतको मृत्यु आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुख्खा पहिराले १२ घर जोखिममा



सांकेतिक तस्बिर
अ+ अ-

दमौली । तनहुँको भानु नगरपालिका–११ राम्चेमा सुख्खा पहिरो जाँदा १२ घर जोखिममा परेका छन् । केही दिनदेखि निरन्तर परेको झरी रोकिएर चर्को घाम लागेसँगै आज बिहानदेखि यहाँ सुख्खा पहिरो जाँदा घर उच्च जोखिममा परेका छन् । 

बस्तीभन्दा माथिबाट सुख्खा पहिरो खस्दा घरहरु जोखिममा परेको र अझै ठूलो पहिरो जान सक्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “दुर्घटनाको जोखिम रहेकाले ती घरका मानिसलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ,” तिमिल्सिनाले भन्नुभयो । 

यसैगरी केही दिनदेखि परेको निरन्तर झरिका कारण पहिरो जाँदा घिरिङ गाउँपालिका–१ अत्रौलीमा घर जोखिममा परेका छन् । अत्रौलीस्थित पाङ्ग्राको झ्याल वरपर पहिरो गएपछि घर जोखिममा परेका हुन् । 

टीकाराम दर्जीको घर पूर्व र रामबहादुर विकको घर पश्चिमतर्फ मोटरबाटो माथिको करिब १०० मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो गएपछि जोखिम बढेको नेकपा (एमाले) का जिल्ला उपसचिव एवं स्थानीयवासी विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो । 

जोखिम बढेपछि स्थानीयवासी रीता विक, शर्मिला थापा विस्थापित अवस्थामा पुगेका छन् भने टीकाराम र रामबहादुरका घर पनि जोखिम अवस्थामा छन् । वर्षाकै कारण बमबहादुर थापाको घरको पश्चिम तर्फको जग जमिनमा धसिएका कारण घर खतरापूर्ण अवस्थामा पुगेको छ ।