२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

दुई देशबीच युद्वको प्रभाव विश्वको अर्थतन्त्रमा

दुई देशबीच युद्वको प्रभाव विश्वको अर्थतन्त्रमा
अ अ+ अ-

काठमाडौँ । रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ । युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो । 

युद्वको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न यूरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्ध समेत लगाएको छ । रुस युक्रेन माथि आक्रमण मानै शुरु गरेपछि विश्वको शेयर बजार गिरावट आएको छ भने यता कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेको छ । त्यस्तै, युद्वको प्रभाव विश्व सुन चाँदीको कारोबारमा परेकाले सुन चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा नै बढेको छ । अन्तरराष्ट्रिय बजारको असरले नेपालमा पनि बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ रहेकोमा बिहीवार २ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको छ । रुस र युक्रेनबीच युद्व नै शुरु भएकाले अन्तरराष्ट्रिय बजार सुनको मूल्य बढेकोले नेपाली बजारमा पनि सुनको मूल्य बढेको महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउनु भयो । उहाँले पछिल्लो समय निरन्तर रुपमा सुनको मस्लय घट्बढ भइरहेको तर एक्कासी रुसले युक्रेन दुई देशबीच द्धन्द्ध बढेसँगै सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताउनु भयो अन्तर्राष्ट्रिय बजारको राजनीति तनाव बढ्दा सुनचाँदी जस्ता बहुमूल्य धातुमा लगानी गर्दा सुरक्षित हुने भएकाले लगानी बढ्ने हुँदा यसको असर सुनको मूल्यमा पर्ने गरेको शाक्यको भनाई छ । नेपालमा अन्तर्राष्ट्रिय डरलको मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गरेर बजारमा कारोबार हुने गरेको जानकारी दिनु भयो । दुई देशबीचको युद्व कै कारण अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै शाक्यको भनाइ छ ।विश्वका कुनै दुई देशबीचको युद्व, प्रकृति प्रकोप लगायत विश्व अर्थतन्त्रमा घट्ने घटनाले सुनको मूल्यमा प्रत्यक्ष असर गर्ने गरेको शाक्यले बताउनु भयो । विश्व अर्थतन्त्रमा नयाँ नयाँ चुनौती थपिदै गएकाले सुनको माग बढी आउने तथा युद्व चर्किदै गएको अवस्थामा सुनको मूल्य घट्ने भन्दा बढी अझ बढ्दै जाने सम्भावना रहेको बताउनु भयो । नेपालमा सुनको मूल्य यति नै पुग्छ भन्ने अहिले नै आकलन गर्न सकिने अवस्था नभएको बताउनु भयो । शाक्यले तत्कालको अवस्था हेर्दा सुनको मूल्य घट्ने अवस्था नभएको र अझ रुस र युक्रेनको तनाव बढ्दै गए सुनको मूल्य घट्नेभन्दा बढ्ने देखिएको धारणा व्यक्त गर्नु भयो ।

अध्यक्ष शाक्यले भन्नुभयो,‘अहिले विश्वको भूराजनीतिक अवस्थामा युक्रेन र रुसको  बीचमा युद्व होलाकी भन्ने जुन किसिमको शंका भएको थियो । आज नै रुसले युक्रेनलाई आक्रमण गरेको छ । आक्रमणसँगै दुई देशबीच युद्व सुरु भएको छ । दुई देशको बीचमा युद्वको शुरुवात भयो भन्ने वितिकै प्रभाव कहाँ पर्छ भन्दा सुन चाँदी जस्ता बहुमूल्य धातुहरुमा लगानी गर्दा लगानी सुरक्षित हन्छ भनेर भनिन्छ । विश्वले सुन चाँदीमा लगानी गर्दा लगानी सुरक्षित क्षेत्रमा राख्ने गर्दछन । आफ्नो लगानी सुरक्षित राख्नको लागि अन्य क्षेत्रमा लगाएको लगानी समेत निकालेर सुन चाँदीमा लगानी गर्न गर्छन । त्यसको प्रभाव अन्तरराष्ट्रिय शेयर बजार घटेको अवस्था छ भने सुन चाँदी र तेलको मूल्य बढेको अवस्था छ । त्यसैले अन्तरराष्ट्रिय बजारमा सुन चाँदीको मूल्य बढेपछि त्यसको प्रभाव नेपाली सुन चाँदीको बजारमा पर्न आउँछ ।

नेपाली सुन चाँदीको बजार सानो होस् अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको प्रभाव तत्कालै हाम्रो बजारमा आउँछ । नेपालमा रुसले युक्रेनलाई आक्रमणको कारण अन्तरराष्ट्रिय बजारमा सुन चाँदीको मूल्य वृद्धि भयो त्यसैको प्रतिबिम्ब स्वरुप नेपालमा सुनको मूल्य २ हजार ५ सय रुपैयाले बढेको छ । सुन मात्रै नभएर चाँदी समेत बढेको छ । चाँदीको मूल्य पनि आज प्रति तोला ३० रुपैयाँले बढेको छ । जुन किसिमले अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि हुने प्रचलन छ । यस्तो विभिन्न दुई देशबीचको युद्व, प्रकृति प्रकोप लगायत विश्व अर्थतन्त्रमा घटने घटनाले सुनको मूल्यमा प्रत्यक्ष असर गर्ने गरेको छ । नेपालमा सुनको मूल्य यति पुग्छ भन्ने आकलन गर्न सकिने अवस्था छैन । वस्तुको मूल्य व्यवसायीहरुको सेन्टिमेन्टसँग जोडिएको हुन्छ । सुनको मूल्य यति पुग्छ भनेर भविष्य वाणी गर्न हुँदैन । तर, अब सुनको मूल्य घट्ने चान्स कम देखिन्छ । यस्तो अवस्थामा सुनको मूल्य बढ्ने सम्भावना बढी हुन्छ । अहिले युद्व मात्रै नभएर विश्व अर्थतन्त्रमा देखा परेको फरक पनको कारण डिजिटल करेन्सी शुरु भएको छ । यसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपिएकाले सुनको माग बढी आउने सम्भावना छ । त्यसले गर्दा सुनको मूल्य बढ्ने बढी सम्भावना रहेको छ ।’

अध्यक्ष शाक्यले सुनको मूल्य मात्रै नभएर चाँदीको मूल्य पनि प्रतितोला ३५ ले बढेर १ हजार ३१५ रुपैयाँ पुगेको बताउनु भयो । नेपालमा करिब डेढ वर्षअघि सुनको मूल्य ९९ हजार रुपैयाँसम्म पुगेको छ ।