१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

दुई देशबीच युद्वको प्रभाव विश्वको अर्थतन्त्रमा

दुई देशबीच युद्वको प्रभाव विश्वको अर्थतन्त्रमा
अ अ+ अ-

काठमाडौँ । रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ । युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो । 

युद्वको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न यूरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्ध समेत लगाएको छ । रुस युक्रेन माथि आक्रमण मानै शुरु गरेपछि विश्वको शेयर बजार गिरावट आएको छ भने यता कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेको छ । त्यस्तै, युद्वको प्रभाव विश्व सुन चाँदीको कारोबारमा परेकाले सुन चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा नै बढेको छ । अन्तरराष्ट्रिय बजारको असरले नेपालमा पनि बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ रहेकोमा बिहीवार २ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको छ । रुस र युक्रेनबीच युद्व नै शुरु भएकाले अन्तरराष्ट्रिय बजार सुनको मूल्य बढेकोले नेपाली बजारमा पनि सुनको मूल्य बढेको महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउनु भयो । उहाँले पछिल्लो समय निरन्तर रुपमा सुनको मस्लय घट्बढ भइरहेको तर एक्कासी रुसले युक्रेन दुई देशबीच द्धन्द्ध बढेसँगै सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताउनु भयो अन्तर्राष्ट्रिय बजारको राजनीति तनाव बढ्दा सुनचाँदी जस्ता बहुमूल्य धातुमा लगानी गर्दा सुरक्षित हुने भएकाले लगानी बढ्ने हुँदा यसको असर सुनको मूल्यमा पर्ने गरेको शाक्यको भनाई छ । नेपालमा अन्तर्राष्ट्रिय डरलको मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गरेर बजारमा कारोबार हुने गरेको जानकारी दिनु भयो । दुई देशबीचको युद्व कै कारण अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै शाक्यको भनाइ छ ।विश्वका कुनै दुई देशबीचको युद्व, प्रकृति प्रकोप लगायत विश्व अर्थतन्त्रमा घट्ने घटनाले सुनको मूल्यमा प्रत्यक्ष असर गर्ने गरेको शाक्यले बताउनु भयो । विश्व अर्थतन्त्रमा नयाँ नयाँ चुनौती थपिदै गएकाले सुनको माग बढी आउने तथा युद्व चर्किदै गएको अवस्थामा सुनको मूल्य घट्ने भन्दा बढी अझ बढ्दै जाने सम्भावना रहेको बताउनु भयो । नेपालमा सुनको मूल्य यति नै पुग्छ भन्ने अहिले नै आकलन गर्न सकिने अवस्था नभएको बताउनु भयो । शाक्यले तत्कालको अवस्था हेर्दा सुनको मूल्य घट्ने अवस्था नभएको र अझ रुस र युक्रेनको तनाव बढ्दै गए सुनको मूल्य घट्नेभन्दा बढ्ने देखिएको धारणा व्यक्त गर्नु भयो ।

अध्यक्ष शाक्यले भन्नुभयो,‘अहिले विश्वको भूराजनीतिक अवस्थामा युक्रेन र रुसको  बीचमा युद्व होलाकी भन्ने जुन किसिमको शंका भएको थियो । आज नै रुसले युक्रेनलाई आक्रमण गरेको छ । आक्रमणसँगै दुई देशबीच युद्व सुरु भएको छ । दुई देशको बीचमा युद्वको शुरुवात भयो भन्ने वितिकै प्रभाव कहाँ पर्छ भन्दा सुन चाँदी जस्ता बहुमूल्य धातुहरुमा लगानी गर्दा लगानी सुरक्षित हन्छ भनेर भनिन्छ । विश्वले सुन चाँदीमा लगानी गर्दा लगानी सुरक्षित क्षेत्रमा राख्ने गर्दछन । आफ्नो लगानी सुरक्षित राख्नको लागि अन्य क्षेत्रमा लगाएको लगानी समेत निकालेर सुन चाँदीमा लगानी गर्न गर्छन । त्यसको प्रभाव अन्तरराष्ट्रिय शेयर बजार घटेको अवस्था छ भने सुन चाँदी र तेलको मूल्य बढेको अवस्था छ । त्यसैले अन्तरराष्ट्रिय बजारमा सुन चाँदीको मूल्य बढेपछि त्यसको प्रभाव नेपाली सुन चाँदीको बजारमा पर्न आउँछ ।

नेपाली सुन चाँदीको बजार सानो होस् अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको प्रभाव तत्कालै हाम्रो बजारमा आउँछ । नेपालमा रुसले युक्रेनलाई आक्रमणको कारण अन्तरराष्ट्रिय बजारमा सुन चाँदीको मूल्य वृद्धि भयो त्यसैको प्रतिबिम्ब स्वरुप नेपालमा सुनको मूल्य २ हजार ५ सय रुपैयाले बढेको छ । सुन मात्रै नभएर चाँदी समेत बढेको छ । चाँदीको मूल्य पनि आज प्रति तोला ३० रुपैयाँले बढेको छ । जुन किसिमले अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि हुने प्रचलन छ । यस्तो विभिन्न दुई देशबीचको युद्व, प्रकृति प्रकोप लगायत विश्व अर्थतन्त्रमा घटने घटनाले सुनको मूल्यमा प्रत्यक्ष असर गर्ने गरेको छ । नेपालमा सुनको मूल्य यति पुग्छ भन्ने आकलन गर्न सकिने अवस्था छैन । वस्तुको मूल्य व्यवसायीहरुको सेन्टिमेन्टसँग जोडिएको हुन्छ । सुनको मूल्य यति पुग्छ भनेर भविष्य वाणी गर्न हुँदैन । तर, अब सुनको मूल्य घट्ने चान्स कम देखिन्छ । यस्तो अवस्थामा सुनको मूल्य बढ्ने सम्भावना बढी हुन्छ । अहिले युद्व मात्रै नभएर विश्व अर्थतन्त्रमा देखा परेको फरक पनको कारण डिजिटल करेन्सी शुरु भएको छ । यसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपिएकाले सुनको माग बढी आउने सम्भावना छ । त्यसले गर्दा सुनको मूल्य बढ्ने बढी सम्भावना रहेको छ ।’

अध्यक्ष शाक्यले सुनको मूल्य मात्रै नभएर चाँदीको मूल्य पनि प्रतितोला ३५ ले बढेर १ हजार ३१५ रुपैयाँ पुगेको बताउनु भयो । नेपालमा करिब डेढ वर्षअघि सुनको मूल्य ९९ हजार रुपैयाँसम्म पुगेको छ ।