२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

द भ्वाइस अफ नेपाल सिजन ४ मा दुई निर्णायक परिवर्तन,राजेशपायल र प्रविशा नयाँ निर्णायक



अ+ अ-

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी हुनुहुन्छ । त्यस्तै पुराना निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाउनुभएको छ । गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ ।

सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । डिजिटल अडिशनमा सहभागी भएका करिव ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइण्ड अडिशनको तयारीमा रहेका छन् । अडिशनमा नेपालसहित विभिन्न देशमा बसोवास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागिता जनाएको आयोजकले जनाएको छ ।

भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिका बासोवास गरिरहेका नेपालभूमीका प्रतिभाहरुले पनि अडिसनमा सहभागीता जनाएको आयोजकको भनाइ छ । कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले कार्यक्रमले नयाँ प्रतिभाको खोजिमा जोड दिने बताउनु भयो । उहाँले आफ्नो खोजि पनि प्रतिभाकै खोजिमा रहने र राम्रोलाई प्रोत्साहन गर्नेमा हुने बताउनु भयो ।

त्यस्तै गायिका प्रविशा अधिकारीले आफ्नो लागि यो चुनौतीको विषय भएको बताउनु भयो । उहाँले वरिष्ठ कलाकारसँग बसेर निर्णय गर्नु आफैँमा कठिन रहेको बताउनु भयो ।

तीन सिजनसम्म निर्णायक रहेका वरिष्ठ गायक दीप श्रेष्ठले भने यस सिजनमा विश्राम लिनुभएको छ । आगामी एक महिना भित्र नै सिजन ४ को प्रशारण शुरु हुने आयोजकले जनाएको छ । शो हरेक शुक्रवार राति शनिवार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ ।