२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

निर्माणाधीन निजामती स्मारक क्षेत्रमा वृक्षरोपण

निर्माणाधीन निजामती स्मारक क्षेत्रमा वृक्षरोपण
अ अ+ अ-

काठमाडौँ । निजामती सेवा दिवस साताव्यापी रुपमा मनाउने कार्यक्रमअन्तर्गत निर्माणाधीन निजामती स्मारक जगडोलमा वृक्षरोपण गरिएको छ । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा शहीद, निजामती र घुन्सा स्मृति स्मारक निर्माण भइरहेको छ । 

राजधानीका अधिकांश भाग देखिने यस स्थलमा निजामती स्मारक निर्माण भएपछि राष्ट्रसेवकले पदबहाली गर्नुअघि यहाँ पुष्पगुच्छा अर्पण गर्नाका साथै सपथसमेत लिने निर्णय मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले यसअघि नै गरिसकेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय प्रहरी वृत्त बौद्धले राष्ट्रिय शहीद स्मारकसँगै निर्माण भइरहेको निजामती स्मारक क्षेत्रमा वृक्षरोपण गरेको हो । कपुर, कल्की, तेजपातलगायत जातका पाँच फिटभन्दा अग्ला ६० बिरुवा स्मारक निर्माण क्षेत्रमा रोपिएको हो । 

कार्यक्रममा राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले निजामती सेवा ऐन जारी गर्ने पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्य र मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

यही भदौ २२ गते निजामती दिवसका अवसरमा मुख्यसचिव शङ्करदास वैरागीले स्मारक स्थलमा शालिकको शिलान्यास गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले रोपिएका बिरुवाको संरक्षण गर्न समुदायसँग मिलेर सहकार्य गरिने प्रतिबद्धता जनाउनुभयो ।

गोकर्णेश्वरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले वार्षिक रुपमा लाखौँ वृक्षरोपण गर्ने गरिए पनि त्यसको संरक्षण नहुने गरेकाले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।बूढानीलकण्ठ–११ का अध्यक्ष राजु अधिकारीले साना बिरुवा रोपेर हुर्काउन नसकिने भएकाले पाँच फिटभन्दा अग्ला बिरुवा रोप्नेतर्फ ध्यान जानुपर्ने बताउनुभयो ।

विसं २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको थियो । ऐन जारी गर्न तत्कालीन प्रधानमन्त्री आचार्य र मुख्यसचिव थापाले खेल्नुभएको भूमिकाको सम्मान गर्दै शालिक निर्माण गर्न लागिएको समितिले जनाएको छ । (रासस)