२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

जबज छाड्दै नेकपा (एस), माओवादी केन्द्र पनि नयाँ विचारको खोजीमा

जबज छाड्दै नेकपा (एस), माओवादी केन्द्र पनि नयाँ विचारको खोजीमा
अ अ+ अ-

काठमाडौं । पार्टी विभाजन अघिसम्म कहिले एमालेमा, कहिले माधव कुमार नेपालतर्फ रहँदै आउनु भएका एमालेका नेता बामदेव गौतम यतिबेला अलमलमा हुनुहुन्छ ।  नेकपा (एकीकृत समाजवादी)को सैद्धान्तिक अवधारणापत्र र राजनीतिक कार्यदिशाका बारेमा समीक्षा गरिरहनु भएका नेता गौतमले कुनै पनि दस्तावेजमा जनताको बहुदलीय जनवाद (जबज) देख्नु भएन । 

गत आइतबार बिहान नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई फोन गर्दै गौतमले सोध्नु भयो, “पार्टीको कुनै पनि दस्तावेजमा जबज छैन, प्रिन्ट गर्न छुटेको हो कि नियतबस नराखिएको हो ?”  

अध्यक्ष नेपालले गौतमलाई जवाफ फर्काउनुभयो, “एमाले छाडेसँगै जबजको औचित्य अब सकियो, अबको बाटो भनेको वैज्ञानिक समाजवाद हो, छाप्न छुटेको होइन ।” 

नेपालको त्यो जवाफ पछि गौतम पुरै अलमलमा पर्नुभयो । पार्टी विभाजन अघिसम्म एमालेका बैठकहरुमा सहभागी हुँदै आउनु भएका नेता गौतम नेपालको त्यो जबाफ पछि कता जाने दोधारमा पुग्नु भएको उहाँ निकटस्थहरुले बताएका छन् ।

केही दिनअघि एक टेलिभिजन कार्यक्रममा उहाँले आफू एमालेमा बस्न नसक्ने र समाजवादी केन्द्रमा प्रवेश गर्ने सार्वजनिक घोषणा गर्नु भएको थियो । गौतमलाई एमालेमै रहन पनि पटक पटक विद्रोहको आगोमा घिऊ थपेका कारण त्यति सहज भने छैन । समाजवादी पार्टीमा प्रवेश गर्न जबज छाडेपछि मन अमिलो भएको छ । नेपालको जवाफ सुनेपछि गौतमले भन्नुभयो, “पार्टी विभाजन भए तपाईंलाई साथ दिन्छु भनेको थिएँ, जबज नै छाड्ने भए म साथ दिन सक्दिनँ ।” बेलाबेला कुरा फेरिरहने गौतमको यो भनाई कति दिन टिक्छ यसै भन्न सकिन्न । 

गौतम जस्तै अर्का नेता प्रदीप नेपालले पनि जबज छाडेको भन्दै नेता नेपालको साथ छाड्नु भयो । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगसम्म पुग्नु भएका प्रदीप नेपालले नयाँ दलले जबज छाडेको जानकारी पाएपछि सामाजिक सञ्जालमा लेख्नुभयो, “माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईंले पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । बिदा”

दुई नेताको प्रतिक्रिया पछि नेकपा एस कि नेतृ रामकुमारी झाक्रिले एक अन्तरवार्ताका क्रममा भन्नुभयो "बामदेब गौतम , प्रदीप नेपालको अनुहार हेरेर होईन नयाँ पुस्ताको बिचार लिएर अघि बढ्नु पर्छ I"

 प्रदीप नेपाल र बामदेव गौतम दुबै एमालेमा पनि नफर्किने र समाजवादीमा पनि नजाने अवस्थामा पुग्नु भएको छ । २०४९ साल माघमा भएको एमालेको पाँचौं महाधिवेशनले तत्कालीन महासचिव  मदन भण्डारीको जबजको दस्तावेज पारित गरेको थियो । त्यसपछि एमालेले पार्टीको प्रमुख गन्तव्य जबजलाई बनाउँदै आएको छ । 

जुन बिषयसँग एमालेका धेरै कार्यकर्ताको भावनात्मक सम्बन्ध रहेको छ, सोही महाधिवेशनमा फरक मत पेश गर्नु भएका नेता झलनाथ खनालको प्रस्ताव अस्वीकृत भएपछि महाधिवेशन पछि एमालेभित्र सैद्धान्तिक विषयमा “दुई लाइन सङ्घर्ष” खासै देखिएको थिएन । तर एमाले विभाजनसँगै जबज प्रति नेकपा (एकीकृत समाजवादी) का ठूला नेताको अनिच्छा भएपनि कार्यकर्ताको तहमा भने अन्यौल कायमै छ ।  

पार्टीका एक जिल्ला तहका नेताको भनाईमा मुख्य नेताहरुको शक्ति टकरावले पार्टी त विभाजन भयो तर सिद्धान्त नै परिवर्तन होला जस्तो लागेको थिएन, यो निर्णयले फेरि एक पटक सोच्न बाध्य बनायो । अब कुन नेतालाई किन साथ दिने भन्ने प्रश्न निरुपण गर्नुपर्ने बेला आएको उनको भनाई छ । 

विभाजनको वातावरण बनाउन भदौ ८ गते चन्द्रागिरि रिसोर्टमा बसेको पार्टीको बैठकमा उपचारका लागि नयाँदिल्लीमा रहनु भएका वरिष्ठ नेता झलनाथ खनालले भर्चुअल सम्बोधन गर्दै भन्नुभयो, “कमरेडहरु, अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन, अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रुपान्तरणको कार्यक्रम हो । हामीले युग अनुसारको बोली बोल्नुपर्छ । युग अनुसारको कार्यक्रम बनाउनुपर्छ ।” 

नेता नेपाल निकट एक नेताका अनुसार यो विषय बढो सुविचारित ढङ्गबाट अगाडि आएको छ । ती नेताले भने, एमाले र माओवादी एकता भएर बनेको नेकपामा पनि जबज प्राथमिकतामा थिएन । 

तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरोध भएपनि एमालेका नेताहरुले विरोध गर्न नैतिक रुपमा कठिन थियो, अब एमाले नै छाडेपछि उसको सिद्धान्त किन बोक्नु पर्यो र ?, ती नेताले भने ।  नेपाल र दाहालले चाहे जस्तो बाटोमा नेपालको राजनीति अघि बढ्यो भने सायद समाजवादीले जबज छाडेजस्तै माओवादी केन्द्रले पनि माओवाद छोड्न र सके पार्टी एकता नभए कार्यगत एकता गरेर अघि बढ्छ, त्यसबेला फेरि जबजको  ध्रुवीकरण   भएर एमालेमा फर्कनेको संख्या बढ्न सक्छ ।