• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४मा गर्ने मन्त्रिपरिषद्‌को निर्णय



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुने भएको छ । मन्त्रिपरिषद्को भर्खरै बसेको बैठकले दुवै निर्वाचन एकै चरणमा मंसिर ४ गते गर्ने घोषणा गरेको हो ।

सत्ता गठबन्धनको बुधबार बसेको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले भने मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेको थियो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा भएको थियो ।

निर्वाचनको घोषणासँगै वर्तमान सरकार काम चलाउ सरकारमा परिणत भएको छ । काम चलाउ सरकार भएपछि वर्तमान सरकारले नियमित दैनिक प्रशासनिक काम गर्न पाए पनि दीर्घकालसम्म असर पर्ने काम गर्न पाउँदैन । आफैन्ले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा सरकारले निर्वाचन आचारसंहिता पालना गर्नुपर्छ ।

सरकारले निर्वाचनको घोषणा गरेपछि मतदाता नामावली संकलन कार्य रोक्का भएको छ भने सरकारी नियुक्ति, सरुवा बढुवा लगायतका कार्य भोलिदेखि बन्द हुने भएको छ ।