५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४मा गर्ने मन्त्रिपरिषद्‌को निर्णय



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुने भएको छ । मन्त्रिपरिषद्को भर्खरै बसेको बैठकले दुवै निर्वाचन एकै चरणमा मंसिर ४ गते गर्ने घोषणा गरेको हो ।

सत्ता गठबन्धनको बुधबार बसेको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले भने मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेको थियो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा भएको थियो ।

निर्वाचनको घोषणासँगै वर्तमान सरकार काम चलाउ सरकारमा परिणत भएको छ । काम चलाउ सरकार भएपछि वर्तमान सरकारले नियमित दैनिक प्रशासनिक काम गर्न पाए पनि दीर्घकालसम्म असर पर्ने काम गर्न पाउँदैन । आफैन्ले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा सरकारले निर्वाचन आचारसंहिता पालना गर्नुपर्छ ।

सरकारले निर्वाचनको घोषणा गरेपछि मतदाता नामावली संकलन कार्य रोक्का भएको छ भने सरकारी नियुक्ति, सरुवा बढुवा लगायतका कार्य भोलिदेखि बन्द हुने भएको छ ।