२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

फोहोरका डङ्गुरः बर्खामा जनस्वास्थ्यका निम्ति ‘भयङ्कर जोखिम’

फोहोरका डङ्गुरः बर्खामा जनस्वास्थ्यका निम्ति ‘भयङ्कर जोखिम’
अ अ+ अ-

काठमाडौं । कैयौँ सातादेखि राजधानी सहरका सडक र गल्लीमा असरल्ल छाडिएका फोहोरका डङ्गुरले यत्रतत्र दुर्गन्धमात्रै फैलाएका नभई तिनका कारण अन्य सरुवा रोग फैलने जोखिम समेत बढ्दो छ।

कोभिडको महामारी जारी नै रहेका बेला विभिन्न सरुवा रोग फैलने मौसम वर्षायामको उत्तरार्धमा फोहोरका डङ्गुर जम्मा हुँदा जनस्वास्थ्यमा गम्भीर जोखिम बढेको विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। यस्तो समयमा कस्ता रोग फैलन सक्छन् अनि तिनबाट कसरी जोगिने ?

कस्ता रोगको जोखिम
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवा रोगका जानकार डा। बाबुराम मरासिनीले नेपालमा विभिन्न मौसममा फैलने रोगहरूबारे अध्ययन गरेका छन्।

उनका अनुसार भदौदेखि असोजको समयमा नेपालमा धेरै किसिमका सरुवा रोगको जोखिम बढ्ने गर्छ।

यस्तो बेला फोहोर व्यवस्थापन नहुँदा त्यसले आगोमा घ्यूको काम गर्ने उनी ठान्छन्।

“धेरै वर्षको रेकर्ड हेर्दाखेरि अगस्ट महिनाको अन्तिम हप्तादेखि नेपालमा हैजा फैलने गरेको देखिन्छ। साथै हेपाटाइटीस ए र ईजस्ता सरुवा प्रकारका जन्डिस, आउँ रगत, टाइफोइड समेत फैलने समय यही भएकाले फोहोरले यिनको फैलावटमा धेरै असर गर्न सक्छ,” उनले भने।

ठाउँठाउँमा फालिएको फोहोरलाई काग तथा अन्य चराले बोकेर मानिसहरूको घरका छतमाथि लैजाने र त्यसबाट मानिसमा रोग सर्ने जोखिम बढ्ने उनले बताए।

“कुकुरहरूले पनि फोहोर फैलाइदिन्छन्। अझ गम्भीर कुरा त मुसाको छ। मुसाले मात्र ३९ प्रकारका विभिन्न रोग फैलाइदिन सक्छन्। फोहोर बढेपछि मुसाको सङ्ख्या पनि बढ्छ,” डा। मरासिनीले बताए।

रुघाखोकी र डेङ्गीको त्रास

गर्मी यामबाट जाडो याममा प्रवेश गर्ने समयमा हुने गरेका तापक्रम घटबढले मौसमी रुघाखोकी ह्वात्तै बढाइदिने गरेको नेपालको अनुभव छ।

“जब अधिकतम तापक्रम र न्यूनतम तापक्रमबीचको फरक १० डिग्रीभन्दा बेसी हुन्छ त्यसपछि यहाँ रुघाखोकी एकदम फैलने गर्छ। अहिलेको समय पनि गर्मी सिद्धिएर जाडो लाग्ने बेलाको समय हो र मानिसहरू यसबारे सचेत रहनुपर्छ,” डा। मरासिनी बताउँछन्।

कोरोनाभाइरसका कतिपय लक्षण रुघाखोकी तथा अन्य फ्लूसँग पनि मिल्दोजुल्दो हुने हुँदा रुघाखोकी लाग्दा पनि अचेल मानिसहरूलाई तनाव र चिन्ता हुने गर्छ।

विज्ञहरूका अनुसार सकेसम्म यी रोगबाट जोगिए ती तनावबाट पनि बच्न सकिन्छ।

नेपालमा मनसुन पूर्वका केही महिना अनि मनसुन सकिने बेला मानिसहरूलाई लामखुट्टेले सार्ने रोगहरूले पनि आक्रान्त पार्छ।

“औलो, डेङ्गीजस्ता रोग यस्तै बेला धेरै फैलन्छन्। डेंगीको हकमा साउनदेखि नै फैलन थालेको पाइन्छ। यो वर्ष साउनमा त्यति धेरै डेङ्गीका मामिला त आएका छैनन् तर हामी सजग रहनुपर्छ,” उनले भने।

उनका अनुसार डेङ्गीको महामारी सामान्यतया ३-५ वर्षको अन्तरालमा चक्रीय प्रकारले देखा पर्ने गरेको छ।

“पछिल्लोपटक २०१९ मा नेपालमा डेङ्गीको प्रकोप देखियो। त्यसैले अर्को वर्ष हामी थप सतर्क हुनुपर्ने जस्तो देखिन्छ।”

जोगिने तीन तरिका
डा. मरासिनीका अनुसार तीन कुरामा ध्यान पुर्‍याउन सके धेरैजसो सरुवा रोगबाट बच्न सकिन्छ।

सफा हात, सफा पानी अनि सफा खानेकुरा। “धेरै सरुवा रोग फोहोरबाटै सर्छ। हामीले हात सफा राख्यौँ अनि सफा उमालेको पानी एवं सफा ताजा खानेकुरा मात्र खायौँ भने धेरै रोगबाट स्वतस् बच्न सकिन्छ,” उनले भने।

लामखुट्टेजन्य औलो तथा डेङ्गी रोगबाट बच्नका लागि झुलको प्रयोग वा लामखुट्टे भगाउने सुरक्षित रसायनको प्रयोग गर्न विज्ञहरूले सुझाव दिने गर्छन्।

घर तथा बस्तीवरपर पानी जम्न नदिएर पनि यस्ता रोगबाट बच्न सकिने बताइन्छ।

साथै श्वासप्रश्वासका माध्यमबाट सर्ने कोरोनाभाइरसबाट जोगिनका निम्ति अपनाइँदै आएको मास्कको प्रयोग तथा भौतिक दूरीको पालना गर्ने हो भने अन्य रुघाखोकी तथा फ्लूबाट पनि जोगिन सकिने चिकित्सकहरूले बताइरहेका छन्। (बीबीसी)