![](https://newspolar.com/wp-content/uploads/2022/08/ram-kumari-jhakari.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले बजेट स्रोतको सुनिश्चितता नभई पार्टी अध्यक्ष माधवकुमार नेपालले केही परियोजनाको शिलान्यास गर्नुभएको बताउनुभएको छ ।
प्राइम टाइम टिभीलाई दिनुभएको अन्तरवार्तामा उहाँले पार्टी अध्यक्ष नेपालले गौरमा दुई वटा धर्मशाला र रङ्गशालाको शिलान्यास गर्नुभएको तर त्यसमा बजेटको कुनै सुनिश्चितता नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्रोतको सुनिश्चितता पनि छैन, बजेटमा कार्यक्रम पनि छैन, एलआईएमबीएस कोड पनि भएको छैन, ठेक्का पनि लागेको छैन, ठेक्का प्रक्रिया पनि सुरु भएको छैन, अर्थमन्त्रालयले सुनिश्चितता पनि दिएको छैन, कुन स्रोतबाट काम गर्ने पनि थाहा छैन, तर उहाँले शिलान्यास गरेर आउनुभयो ।”