३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन



अ+ अ-

एजेन्सी । चलचित्र तथा टिभीका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । मिडिया रिपोर्टका अनुसार ६७ वर्षको उमेरमा मिथिलेशले ३ अगस्टको साँझ लखनउमा अन्तिम सास लिएका थिए । उनी मुटुसम्बन्धी समस्याबाट पीडित थिए ।

रिपोर्टका अनुसार मिथिलेश चतुर्वेदीलाई केही दिन अघि हृदयघात भएको थियो, त्यसपछि उनी आफ्नो गृहनगर लखनउ सरेका थिए । ताकि उनले आफ्नो स्वास्थ्यको ख्याल गर्न सकुन् ।

मिथिलेश चतुर्वेदीले सन् १९९७ मा ‘भाइ भाइ’बाट बलिउडमा डेब्यु गरेका थिए । त्यसपछि उनले सत्ता, ताल, फिजा, रोड, कोई मिल गया, गान्धी माई फादर र बंटी बबली जस्ता फिल्ममा काम गरे । उनले २०२० मा सिरिज स्क्याम १९९२ बाट आफ्नो डिजिटल डेब्यू गरे । यस्तै, उनी रंगमञ्चमा पनि निकै सक्रिय थिए । उनले प्रेम तिवारी, बन्सी कौल, दीना नाथ, उर्मिल थपलियाल र अनुपम खेरले निर्देशन गरेका नाटकमा अभिनय गरेका छन् ।