२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनबाट धुवाँ निस्केपछि श्री एयरलाइन्सको विमान आपतकालीन अवतरण



अ+ अ-

काठमाडौँ । उड्दै गरेको श्री एयरलाइन्सको विमानको इन्जिनबाट धुवाँ निस्किएको देखिएपछि विमानलाई आपतकालीन अवतरण गराइएको छ ।

नेपालगञ्नबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडिसकेको जहाजलाई फर्काएर नेपालगञ्न विमानस्थलमा आपतकालीन अवतरण गराइएको हो ।

जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ को व्यवस्था गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ । जहाजलाई सुरक्षित अवतरण गराइएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना थिए ।