६ आश्विन २०८१, आईतवार
,
Latest
एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री घर्तीमगरको ‘पुर्खाको चिनो’ संग्रह सार्वजनिक



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री बालाराम घर्तीमगरले सङ्कलन गर्नुभएको ऐतिहासिक दस्तावेजहरुको संग्रह ‘पुर्खाको चिनो’ कृति सार्वजनिक गरिएको छ ।

लेखक तथा अन्वेषक हरिप्रसाद सोढारीले सम्पादन गर्नुभएको उक्त पुस्तकमा १९५७ सालदेखीका पुराना पत्र, हस्तलिखित पुस्तक र केही अन्य दस्तावेज समेटिएका छन् । अनुसन्धानकर्ता, कानुनविद्, राष्ट्रचिन्तक र इतिहासका विद्यार्थीलाई उक्त कृति एकदमै महत्वपूर्ण छ । पाँच खण्डमा विभाजित उक्त पुस्तकमा प्यूठान टुक्रिएर रोल्पा नहुँदैका मालअड्डाका रसिद र तमसुक, मुखिया र जिम्मवालको भूमिका, बाटो र गौडा पार गर्न आवश्यक पर्ने कागज, खुङ्ग्रिका राजासम्बद्ध पत्र, विद्यालयदेखि गोल पोल्न चाहिने पत्रको नमूनासमेत समेटिएको छ ।

हरेक पत्रको अन्तिममा लेखिएको मिति र त्यसको प्रकारबारे सूचना दिइएको छ । दोस्रो खण्डमा अदालतसम्बद्ध पत्रहरू रहेका छन् । जसले त्यतिबेलाको न्याय एवं कानुनका बहुआयामिक पक्षलाई झल्काउँछ । नेपालीकागजका यी पत्रहरूको शीर्षभागमा प्यूठान अदालत लेखिएको छाप देखिन्छ । कानुन, समाजशास्त्र एवं इतिहासका विद्यार्थीहरूलाई यो खण्ड महत्वपूर्ण देखिन्छ ।

तेस्रो खण्डमा इस्तिहारहरुलाई समावेश गरिएको छ । यसबाट त्यतिबेलाको आदेश, कार्यपद्धतिका बारेमा जानकारी प्राप्त हुने छ । यसको शीर्षभागमा नेपाली, अंग्रेजी र उर्दूभाषामा लेखिएका गोलाकार छापको चिन्ह छ । चौथो र पाँचौँ खण्डमा पूर्वमन्त्री घर्तीमगरको संग्रहमा रहेका अप्रकाशित ज्योतिष र तन्त्रका ग्रन्थहरू छन् । यी हस्तलिखित ग्रन्थहरूबाट ज्योतिष र तन्त्रले समाजलाई कसरी सुरक्षित र सुसुचित गरेको थियो भन्ने संकेत गर्दछ ।

खगोल र भूगोलमा हाम्रो विज्ञान कति परिपक्व थियो भन्ने सूचना उक्त कृतिले दिन्छ । पूर्वमन्त्री घर्तीमगर विगत ६ दशकदेखि राजनीतिमा सक्रिय रहनुभएको छ । उहाँ हालसम्म ११ पटक मन्त्री बनिसक्नुभएको छ । रासस