१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दिए दुबै पदबाट राजीनामा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले राजीनामा घोषणा गरेका छन् ।

बुधबार विज्ञप्ती जारी गर्दै कांग्रेस नेता विश्वकर्माले आसन्न महाधिवेशनमा हुने प्रतिनिधि छनौटदेखि नै दलितको प्रतिनिधित्व नहुनेगरी निर्वाचन निर्देशिका बनाइएको भन्दै नेपाल दलित संघको अध्यक्ष समेत गरी दुबै पदबाट राजीनामा दिएका हुन् ।

षडयन्त्रमूलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका दलित संघका लागि मान्य नहुने विश्वकर्माले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

विश्वकर्मा सभापति शेरबहादुर देउवाका निकटस्थ हुन् । 

उनले विज्ञप्तीमा भनेका छन्, 

नेपाली कांग्रेस पार्टीले स्थापना कालदेखि अभ्यास गर्दै आएको जातीय, क्षेत्रीय, लिङ्गीय समावेशीतालाई नवौं महाधिवेशन देखि क्रमशः स्थानीय वडा तहदेखि केन्द्रीय तहसम्म प्रयोग गर्दै आई एघारौं, बाहौ र तेहौ महाधिवेशनमा विधान बमोजीमनै प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ जना र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि हुने सुनिश्चित प्रावधान गरेको थियो । जसको आधारमा कम्तीमा जम्मा जनसंख्याको ८।५ प्रतिशत दलित प्रतिनिधित्व हुँदै आएको थियो । वर्तमान विधानको गलत व्याख्या गर्दै वनाइएको असमावेशि निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेल पूर्ण तरिकाबाट बिना छलफल लागु गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निशेध गर्ने देखिएको छ । तर पार्टीमा सधै वर्चश्व रहेको जाती, वर्ग, समुदायको सहभागिता र प्रतिनिधित्वको दर भने वृद्धि भएको देखिन्छ । एघारौ महाधिवेशन सम्माननीय सभापतिज्यू आफैले प्रारम्भ गर्नु भएको ूकदमजमू सिद्धान्तको खिल्ली उडाएको छ । यसरी षडयन्त्र मुलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरि लागु गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन । यो प्रवृत्तिले नेपाली कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केहि समय पश्चात नै शुन्य हुने देदा देख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागु हुँदा टुलुटुलु हेरेर वस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकोले आजैका मिति देखि लागु हुनेगरि उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु । साथै, पार्टीको सिद्धान्त, नीति र आदर्श प्रति प्रतिवद्धरहि न्याय, समानता र स्वतन्त्रताकालागि सधैव लडी रहने प्रण गर्दछु ।