२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ



अ+ अ-

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी संचालिका ईलाम माई नगरपालिका-८ चिसापानी घर भएकी २८ वर्षीया अस्मिता राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उनले आफ्नो रेष्टुरेन्टमा खाजा नास्ता बनाउने तथा वयटरको काममा लगाईदिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी कास्की, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ खहरे चोकस्थित होटल लिटिल ह्यावेनका संचालक नुवाकोट तारकेश्वर गाउँपालिका(४ घर भएका विशाल भन्ने २७ वर्षीय विष्णु श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले कुकको काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रासमा पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

उनीहरु उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ३ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलाय कास्कीले जनाएको छ ।